रुकुम हत्याकाण्ड -जातीय अपराध मात्र होईन सामाजिक समस्या हो – रीमा बिश्वकर्मा



 

अन्तरजातिय प्रेम र बिवाहाको कारण बनेको नबराज बिक हत्याकाण्ड नबराज बिकको लागि मात्र सिमित रहेन उनी सगै उनका अन्य ५ जना साथीहरुको पनि मृत्युको कारण बन्यो जाजरकोटका नबराज बिकको रुकुमकी सुस्मा मल्ल संगको प्रेम गत जेठ १० गते सनिवार नबराज बिक आफ्ना १९ जना साथी सहित सुस्माले आफुलाइ जातकै कारण परिवारले स्वीकार नगरे पछि भागेर आफुलाइ लैजान नबराजलाई बोलाएका थिइन । नबराज आउने कुरा पहिले नै थाहा पाएर योजना बनाइ गाउले सबै मिलि नबराज बिक लगाएत उनका साथिहरुलाइ हत्या गरि भेरी नदिमा फालिएको थियोे भने अन्य साथी भागेर ज्यान बचाउन सफल भएका थिए । ६ जना बेपत्ता भएका मध्ये ५ जनाको शब भेरी नदीमा हत्या गरि फालिएको अबस्थामा भेटिएको छ भने एक जना अझै बेपत्ता छन् । यो रुकुम जाजरकोट हत्याकाण्ड इतिहासकै निर्मम र बर्बर दलित हत्याकाण्ड हो भनी यतिबेला दलित अधिकारकर्मी देखि न्यायप्रेमी जनसमुदाय सडकमा आन्दोलन गरिरहेका छन् । विभिन्न सामाजिक संजालमा आ – आफ्ना यो घटनालाई लिएर प्रतिक्रिया दिनेहरुको पनि सामाजिक संजाल भरिएको छ । नायिका रीमा बिश्वकर्मा आफ्नो फेसबुकमा लेख्छिन:-

सुत्रै गलत भए पछि हिसाब कहिल्यै मिल्दैन! हिजोको कथित रुढीबादलाई दलित उपनाम दिदै संविधानमा समेत लेखेर अझै सयौं बर्ष बचाउदै राजनीतिक एजेन्डा स्थापित गरिएको देखिन्छ जुन सरासर जातीय बिभेद अन्त्यको ठुलो चुनौती हो। जुन ठाउबाट क्रान्तिको मुहान फुट्यो त्यस ठाउमा यत्रो जघन्य अपराधीक घटना घट्यो,यसैले प्रमाणित गर्छ हाम्रो समाज कति पिछडीएको छ। जाजरकोट-रूकुम घटना जातिय अपराध मात्र होइन सामाजिक समस्या हो। यो अपराधलाई एउटा समुदायको समस्या नभै सामाजिक र राष्ट्रीय समस्याको रूपमा हरेक मानव अधिकारकर्मीले विष्लेषण गर्न जरूरी छ। यो संवेदनशिल समयमा हरेक सचेत व्यक्तिले सामाजीक विभेद,पुरातनवादी सोच भन्दा माथी उठेर सामाज रुपान्तरण र चेतनशिल समाज निर्माणका निमीत्त निष्पक्ष न्यायको माग गर्न जरूरी छ।आउनुस हामी सबै मिली सम्रिद्ध नेपाल निर्माणमा जुटौ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्