ओमप्रकाश गुप्ता, दाङ । दाङको देउखुरीमा शनिबार राप्ती नदीमा डाेजरहरु प्रयाेग गरी अबैधानीक ढंगले दाेहन गरेको भन्दै स्थानीयहरू र ठेकेदार पक्ष बिच झडप भएको छ ।
गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रकाे राप्ती नदीमा स्काभेटर प्रयाेग गरी अत्यन्तै गहिरा खाडल खनेर नदिकाे धारनै बदल्ने गरी दाेहन गर्न थालेपछि गढवा गाउँपालिका अन्तर्गतका हात्तीढुंगा, टहंडा, धाेद्रेखाेला , कालाकाटे,जुराैनी,मलमला, बडहरा लगायत र राप्ती गाउँपालिकाको भालुबाङ,पाखापानी, कटाहा, खुरुरीया, बसन्तपुर लगायतका बस्तीहरुबाट झण्डै ७ सय जना भन्दा बढी जनताहरुले नारा जुलुस गर्दै नदिबाट स्काभेटर हटाउने क्रम्मा ठेकेदार पक्षका झन्डै १०० बढी ब्यक्तीहरुले ठुला ठुला लाठाहरुमा काँटी ठाेकेर प्रतिकार गर्दा प्रहरीलाई छुटाउन हम्मे हम्मे परेकाे थियोे भने केही समय दुबै पक्ष बिच झडप हुँदा गढवा गाउँपालिकाका ठेकेदार पक्षले अाफ्ना स्काभेटर र टिप्पर हटाएका थिए ।
दाङ देउखुरीकाे राप्ती नदीमा स्थानीयतहहरुले नियम ,कानुनकाे उलंघन गर्दै स्काभेटर प्रयाेग गरी ३/४ मिटर गहिराइका खाडलहरु बनाई ठुलाे मात्रामा नदिजन्य पदार्थ उत्खनन गरि ट्रिप्परद्वारा नजिकका क्रेसर ब्यबसायीहरु सम्म पुरयाएकाे अवस्थामा देउखुरी स्थित गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका स्थानीय दिनहुँ जसो अान्दाेलित हुने गरेका छन् ।
गत बर्षहरुमा दर्जनाैं डाेजरहरु प्रयाेग गरी जहाँतही अबैधानीक ढंगले दाेहन हुँदा यस बर्ष राप्ती नदी भालुबाङकाे पुल नजिक ३ मिटर सम्म गहिरिएपछि प्रगन्ना सिंचाइ अायाेजनाका १,२ र ३ नम्बर इन्टेकमा नहरकाे सतह माथी हुन गई पानी नचढने अवस्था अाएपछि स्थानीय अान्दोलित हुँदै अाएका हुन् ।
केहि दिन पहिले स्थानीयहरूको एक बृहत भेलाले राप्ती नदी संरक्षणका लागि टाेपबहादुर कार्की अध्यक्ष र हाेमप्रसाद शर्मा सचिव रहेकाे ६१ सदस्यीय राप्ती नदी बचाउ तथा संरक्षण समिती गठन गरेकाे थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।