सिन्धुपाल्चोकमा साँझ ५ वजेवाट मतगणना



 

सैघाली खबर
सिन्धुपाल्चोक ,२१ मंसिर । पहिलो चरणमा निर्वाचन भएको सिन्धुपाल्चोकमा ५ आज साँझ बजेदेखि मतगणना हुने त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

बुधबार बसेको सर्वदलीय बैठकले सदर–बदरका विषयमा सहमति कायम गरेपछि बिहीबार ५ बजेबाट मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए ।

१ लाख १४ हजार ३४४ मतदाता रहेको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ बहालवाला सञ्चारमन्त्री मोहन बस्नेत र पूर्वसञ्चारमन्त्री अग्नि सापकोटासहित १३ जना प्रत्यासी मैदानमा छन् । त्यहाँ करिब ७८ हजार मत खसेको खनालले जानकारी दिए ।

त्यस्तै, २ नम्बर निर्वाचन क्षेत्रमा १ लाख १२ हजार १९६ मतदाता रहेका छन् भने ७७ हजार मत खसेको आँकलन गरिएको छ । त्यहाँ राप्रपा ९प्रजातान्त्रिक०का अध्यक्ष पशुपति शमशेर राणा र वाम गण्ठबन्धनका तर्फबाट शेरबहादुर तामाङ मैदानमा छन् । त्यहाँ ९ जना उमेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन सकिएको ११ दिनपछि मतगणना हुने भएकाले दलका नेता कार्यकर्ता सदरमुकाम चौतारामा भेला हुने क्रम जारी छ ।

प्रतिनिधिसभातर्फ निर्वाचनको परिणाम २४ घन्टाभित्र सार्वजनिक गरिसक्ने गरी तयारी भएको र प्रदेशसभा र समानुपातिकतर्फको मतगणना ४ दिनभित्र गरिसक्ने योजना रहेको खनालले जानकारी दिए । मतगणनास्थलको सुरक्षाका लागि तारजाली र सीसीटीभी जडान गरिएको खनालको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्