सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ ।
हिजो थप ५९ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशभर संक्रमितको संख्या १ सय ५ पुगेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिए ।
अहिलेसम्म कर्णालीका चार जिल्ला दैलेख, कालिकोट, सल्यान र सुर्खेतमा संक्रमित भेटिएका छन् भने दैलेखका ३५ वर्षिय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।