रुकुम हत्याकाण्ड : न्यायको लागि झापाबाट शसक्त आन्दोलन गर्ने



 

 थाहाा अनलाइन ,बिर्तामोड । पश्चिम रुकुममा जातीय भेद्भावका कारण भएको हत्याको विरुद्धमा पूर्वबाट आन्दोलन उठाउने तयारी भएको छ ।

त्यसका लागि झापामा सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित अधिकारकर्मी, संघ संस्था र विभिन्न सार्वजनिक निकाय एकजुट भएको नेकपाका युवा नेता टिकाराम मंग्रातीले जानकारी दिए । उनले गत रुकुममा नवराज विक सहित अन्य ६ जनाको हत्याको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै जेष्ठ १७ गते शुक्रबार उक्त घटनाको सत्यतथ्य छानबिन र न्यायको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र जिल्ला प्रशासन मार्फत बुझाएको साथै १ घण्टा जिल्ला प्रशासन अगाडी धर्ना समेत दिइसकेको बताए ।
बेपत्ता भएका गोबिन्द शाहीको एक हप्ता सम्म पनि कुनै खबर नहुनुले पनि सत्यतथ्य छानबिनको लागि आन्दोलन व्यापक तयारी गरेको बताए ।

हुकुमसिंह नेपाली

शनिवार संबद्ध सरोकारवाला बिच बिर्तामोडमा भएको छलफलले संयुक्त राजनीतिक दलित संघर्ष समिति बनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी झापाका सचिवालय सदस्य एवम् युवा नेता हुकुमसिंह नेपालीको संयोजकत्वमा संघर्ष समिति बनेको छ ।

समितिको सहसंयोजकमा भोला परियार, सुरेश बराइली, दल बहादुर विश्वकर्मा, गोपाल गजमेर , सचिव छविलाल विश्वकर्मा, सदस्यहरुमा वीर बहादुर दर्नाल, रञ्जित परियार, हर्कमाया विक, निरु परियार, निता घतानी , हरि नेपाली, सागर पोर्तेल, लक्ष्मी मोते, तिलक गजमेर, अशोक राम लगायत गरी ३५ सदस्यीय संघर्ष समिति बनाइएको छ ।

सो संघर्ष समितिले आन्दोलनका कार्यक्रम तयार गरीअघि बढ्ने संयोजक हुकुमसिंह नेपालीले जानकारी दिए । जातीय भेदभावको घटना साझा मुद्दा भएकाले आन्दोलनमा सबैको सहभागिता गराउने उनको भनाई छ । रुकुम हत्याकाण्ड नेपालको इतिहासमा मै बर्बरता र जातीयरुप मै भएको समुदायको लागि जातीय नरसंहार भएको हुँदा जाहेरी किटानी गरिएका २० जना मध्ये २ जना अझै सम्म पनि फरार भएको अबस्थामा हुँदा अपराधीहरुलाई चाडोभन्दा चाडो गिरफ्तार साथै सत्यतथ्य छानबिन गरि दोषीलाइ कडा कारवाहीको माग अब सडकबाट नै गर्नु पर्ने अबस्था सिर्जना भएको बताउदै २०७३ असार २९ गते काभ्रेमा अन्तरजातीय बिवाहा गर्दा मारिएका अजित मिजार को ५ बर्ष सम्म काठमाडौको टिचिङ अस्पतालमा शब सडेर बसेको छ यथेष्ट प्रमाण हुँदा समेत उसका हत्याराले उन्मुक्ति पाएको भन्दै फेरि अजित हत्याकाण्ड जस्तै नहोस् भनी सडकबाट नै सशक्त आन्दोलन गर्नु परेको बताए ।
भोलीबाट नै आन्दोलनको घोषणा गरि अगाडी बढन छलफल भएको समेत नेपालीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्