प्रहरी उपरीक्षक के.सिको नवलपरासी पश्चिममा आगमन हुने बित्तिकै : तस्करहरुको भागा भाग




रबिन्द्र यादव / नवलपरासी पश्चिम ,१८ जेठ
नेपाल र भारतको सीमामा नवलपरासी पश्चिमका जिल्ला प्रहरी प्रमुख अजय केसिले जिल्लामा आए देखी सिमा तिर निगरानी बढाएका छन । केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला एसपी केसिको निगरानी बढेको बताइएको छ ।

एसपी केसिले जिल्ला मातहत सबै युनिट इन्चार्जहरुलाइ तस्कर विरुद्ध खरो प्रस्तुत हुन निर्देशन समेत दिएका थिए। एसपी केसिले बिशेष सुराकी पाउने बितिकै महेसपुर सिमा चौकी प्रमुख प्रहरी निरीक्षक महेश्वर उपध्याको कमान्डमा गस्ती गर्ने क्रममा पाल्हिनन्दन गाउपालिका वडा .१ सिमल फेदमा बेवारिसे अवस्थामा नेपाल बाट भारत तर्फ छोहाडा जाँदै गरेको र भारत बाट काजु र किसमिस नेपाल तर्फ अबैध रुपमा लादै गरेको काजु ,किसमिस २ लाख ४२ हजार ४६० मूल्य बराबरको मालसमान नियन्त्रणमा लिएको छ,भने त्यसैगरी गए राती सुस्ता गा.पा.वडा न:५ बनकटी बाट भारत बाट अबैध रुपमा ल्याउदै गरेको १लाख ५०हजार बराबरको विभिन्न किराना समानहरु र चिनी र प्रतापपुर गा.पा. वडा नं ५ धर्मौली बाट अबैध रुपमा ल्याउदै गरेको करिब ८० हजार बराबरको शुद्ध प्लस ( गुट्खा ) समेत बेलाटारी इलाका प्रहरी तथा बसहिया चौकीको संयुक्त कमान्डमा खटिएको टोलि पक्राउ गरेको छ र रामनगर चौकी सयुक्त गस्ती टोलिले चिनी , किराना समान, मोबिल, नियन्त्रणमा लिएको छ,नियन्त्रणमा लिएको समानहरु आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार पठाइएको नवलपरासी पश्चिम नेपालका प्रहरी सूचना अधिकारी बिरेन्द्र थापाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्