कपिलवस्तु ,जेठ १७
कपिलवस्तुको कृष्णनगरमा पुर्वराज्यमन्त्री ईस्वर दयाल मिश्रकाे पहलमा दुई दर्जनबढी पिपिई कीट वितरण गरिएकाे छ ।
जिल्लाका कृष्णनगर नगरपालिका क्षेत्रका संचारकर्मी तथा केही स्वास्थ्यकर्मी हरुलाई दुई दर्जन पिपिई किट नेकपा कृष्णनगर नगर कमिटि अध्यक्ष जावेद खाले स्थानान्तरण गरेकन हुन ।
पुर्वराज्यमन्त्री ईश्वर दयाल मिश्रकाे पहलमा स्वास्थ्य मन्त्रालयले काेराेना संक्रमणमा प्रत्यक्ष असर गर्ने संचारकर्मी र स्वास्थ्यकर्मीहरुलाई पिपिई कीट प्रदान गरिएकाे छ। जिल्लामा संक्रमण बढदै गएकाेले सिमा क्षेत्रसंग सटेकाे कृष्णनगर क्षेत्रका संचारकर्मीहरु बढी जाेखिममा परेका छन । जिल्लाका चार संचारकर्मीमा काेराेना संक्रमण देखिएकाले हामीले मन्त्रालयसंग समन्वय गरि सुरक्षित राख्न कीट स्थानान्तरण गरिएकाे पुर्वराज्यमन्त्री मिश्रले बताउनुभएकाे छ।
स्थानान्तरण कार्यक्रममा कृष्णनगर वार्ड नं ६ करमामा कृष्णनगर नगरपालिकाका उपमेयर सल्लाहकार तुफेल खां, वडाध्यक्ष जमिल खां, साहिद खां लगायतकाे उपस्थिति रहेकाे थियाे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।