एक लाख घूस सहित रंगेहात पक्राउ परेका नुवाकोटका वन प्रमुखलाई ६ लाखको भ्रष्टाचार मुद्दा



काठमाण्डौँ, जेठ १८
अख्तियार दु्रुपयोग अनुसन्धान आयोगले २८ बैशाखमा एकलाख रुपैयाँ घूस रकम सहित रंगेहात पक्राउ गरेका डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद बिरुद्ध ६ लाख बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा आईतबार विशेष अदालतमा दर्ता गरेको छ ।

आयोगले अभियोगपत्रमा प्रमुख प्रसादले ६ लाख रुपैयाँ घूस लिएर चुनढुङ्गा उत्खननको अनुमति दिन सहमति जनाएकाले यसमा उनको बदनियत मनसाय पुष्टि भएकाले सोही अनुसारको बिगो मागदाबी गरेको जनाएको छ ।

आयोगको अनुसन्धानमा उनले विभिन्न बहाना बनाई चुनढुङ्गा उत्खनन गर्न रोक लगाई घूस रकम माग गरेका थिए । उनले चुनढुङ्गा निकासी गर्न छोडपूर्जी दिने शर्तमा एकलाख तत्काल र ५ लाख रुपैयाँ काठमाडौंमा लिने सहमति जनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्