अपराध

एक लाख घूस सहित रंगेहात पक्राउ परेका नुवाकोटका वन प्रमुखलाई ६ लाखको भ्रष्टाचार मुद्दा

By Thah Online

May 31, 2020

काठमाण्डौँ, जेठ १८ अख्तियार दु्रुपयोग अनुसन्धान आयोगले २८ बैशाखमा एकलाख रुपैयाँ घूस रकम सहित रंगेहात पक्राउ गरेका डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद बिरुद्ध ६ लाख बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा आईतबार विशेष अदालतमा दर्ता गरेको छ ।

आयोगले अभियोगपत्रमा प्रमुख प्रसादले ६ लाख रुपैयाँ घूस लिएर चुनढुङ्गा उत्खननको अनुमति दिन सहमति जनाएकाले यसमा उनको बदनियत मनसाय पुष्टि भएकाले सोही अनुसारको बिगो मागदाबी गरेको जनाएको छ ।

आयोगको अनुसन्धानमा उनले विभिन्न बहाना बनाई चुनढुङ्गा उत्खनन गर्न रोक लगाई घूस रकम माग गरेका थिए । उनले चुनढुङ्गा निकासी गर्न छोडपूर्जी दिने शर्तमा एकलाख तत्काल र ५ लाख रुपैयाँ काठमाडौंमा लिने सहमति जनाएका थिए ।