अमृत भट्टराई / बिहादी,पर्वत
पछिल्लो समय देशभर कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको बेला गुल्मिको कालिगण्डकि गाउँपालिका भित्र पनि ५ जनाको स्वाब कलेक्सन गरिएको छ। भने गएको केहि महिना यता भारत तथा तेस्रो मुलुक बाट कालिगण्डकि गाउँपालिकामा प्रवेश गरेर क्वारेन्टाइनमा बस्नेको संख्या ५० भन्दा बढी रहेको छ।
सनिवार कालिगण्डकि गाउँपालिका मा भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुमा उच्च ज्वरो र अन्य लक्षणहरु देखिएको र कोरोना संक्रमितको कन्ट्र्याकमा आएकाहरु मध्यका अति उच्च सम्भावित ५ जनाको स्वाब कलेन्सन गरि भैरहवा पठाइएको छ। गुल्मी जिल्ला तम्घास बाट खटिएका डाक्टरको टोलिले स्वाब कलेक्सन गरेको हो।
भने अहिले सम्म कालिगण्डकि गाउँपालिका भित्र ११ जनाको आर डि टि परिक्षण गरिसकिएको छ र उनिहरुको सबैको रिपोर्ट नेगेटिभ आएको छ। एकान्तवासमा बसेको १४ दिन पछि आरडिटी टेस्ट गरिएको हो।
साथै भारत तथा अन्य मुलुक बाट ठुलो संख्यामा कालिगण्डकि गाउँपालिका प्रवेश गर्नेहरुको मात्रा बढिरहेको छ र अझ बढ्ने अनुमान गरिएको छ।भने उनीहरुलाइ सुरक्षित अवतरण र क्वारेन्टाइनमा राख्नको लागी कालिगण्डकि गाउँपालिकाले सिमित श्रोत साधनको बाबजुद पनि आवश्यक सबै प्रक्रियामा कालिगण्डकी गाउँपालिका लागिरहेको छ।
केहि दिन अगाडि भारत बाट एउटै बसमा सवार बाग्लुङका ६ जनालाइ कोरोना पोजेटिभ देखिएको थियो सोहि बसमा कालिगण्डकि गाउँपालिका का पनि २ जना युवाहरू सवार थिए त्यसैले गर्ने उनीहरू पनि कतै संक्रमित छन् कि भनेर स्थानीय बासी त्रसित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।