रुकुम हत्याकाण्ड : सत्यतथ्य छानबिन र दोषीलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र



 

 

सरु सुनार , थाहा अनलाइन काठमाडौं। सरु सुनार , थाहा अनलाइन काठमाडौं।जाजरकोटका नबराज बिक र रुकुम चौरजहारीकी सुस्मा मल्लसंगको प्रेम र बिवाहाको कारण रचिएको रुकुम हत्याकाण्डमा स्वयम वडा अध्यक्षको रोहोबरमा भएको मृतक परिवारको दाबी छ । सुस्माले नै लिन बोलाए पछि नबराज आफ्ना साथी सहित रुकुम सुस्मालाइ बिवाहा गरी लिन गएका थिए । गाउँले लखेटेर कुटपिट गरी हत्या गरि नवराज लगायत उनका साथीहरुलाई भेरी नदिमा फालेका थिए । कसैका हात बाधेर फालेको , कसैको टाउको भरी धारिलो हतियारले हानेको अबस्थामा भेरीमा फालिएका ५ जनाको शव फेला परेको र एकजनाको शव अझै व्यपत्ता रहेको छ । रुकुम हत्याकाण्ड जातकै कारण भएको यो हत्या नेपालमा इतिहास कै दलित समुदायमाथिको भयानक नरसंहार हो भन्दै पुर्ब देखी पश्मिमसम्म घटनाका दोषीहरु माथी कडा कारवाहीको माग गर्दै पार्टी , संगठन र अधिकारकर्मीहरु चरणबद्ध आन्दोलन र प्रदर्शनमा उत्रेका छन् । आन्दोलन देशैभरी चर्केको छ । आज काठमाडौमा दलित अान्दोलनको उच्चस्तरीय प्रतिनिधि मण्डलले माननीय गृहमन्त्री श्री राम बहादुर थापा”बादल”लाई ज्ञापनपत्र बुझाएका छन् । संविधान सभा सदस्य एवं पुर्ब राज्य मन्त्री जितु गौतम , माननिय मीन बिस्वकर्मा , पुर्ब बाणिज्य मन्त्री ,नेपाली काग्रेसका केन्द्रिय सदस्य , माननीय जीवन परियार , माननीय लक्ष्मी परियार , माननीय सुजाता परियार ,माननिय निरा जैरु , माननीय प्रकाश रसाइली स्नेही , माननीय बिमला नेपाली , गैरसरकारी महासंघ DNF का कार्यबाहक अध्यक्ष भक्त बिक , महासचिव जेबि बिश्वकर्मा देखि ३० वटा संस्थाहरुको प्रतिनिधित्वमा प्रतिनिधि मण्डलले सशक्त माग सहित ध्यानाकर्षण गराएको छ। माननीय गृहमन्त्रीले ज्ञापनपत्रको मागका सम्बन्धमा नेपाल सरकारको सबै हिसाबले यस दु:खद एवं निन्दनीय घटनाहरुको सत्यतथ्य छानबिन गरेर दोषी अपराधीहरुलाई कडा दण्ड र सजाय गर्न प्रतिबद्ध रहने विश्वास ब्यक्त गरेको गरेको संविधान सभा सदस्य जितु गौतमले जानकारी दिनु भयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्