मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने



matadata 2222निर्वाचन आयोगले दोस्रो चरणका लागि मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने गरी काम थालेको छ । पहिलो चरणको स्थानीय तहको चुनावमा अनपेक्षित संख्यामा मत बदर भएपछि आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउने गरी काम थालेको हो ।
दोस्रो चरणमा प्रत्येक मतदाताको घर–घरमै पुगेर शिक्षा दिने व्यवस्था मिलाइएको र मतदान शिक्षालाई मतदानको दिन पनि जारी राखिने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
दोस्रो चरणको निर्वाचन गरिने तराईका जिल्लाहरु समेत रहेकाले बदर मत झनै बढ्ने आंशका गरिएको छ । तर आयोगले पहिलो चरणको मतदाता शिक्षाको अनुभवका आधारमा दोस्रो चरणका लागि मतदाता शिक्षालाई अगाडि बढाइएको बताएको छ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा दिन झण्डै १२ हजार मतदाता शिक्षा कार्यकर्ताहरु खटाइएको जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्