मुख्य समाचार

मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने

By थाहा अनलाइन

June 05, 2017

निर्वाचन आयोगले दोस्रो चरणका लागि मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने गरी काम थालेको छ । पहिलो चरणको स्थानीय तहको चुनावमा अनपेक्षित संख्यामा मत बदर भएपछि आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउने गरी काम थालेको हो । दोस्रो चरणमा प्रत्येक मतदाताको घर–घरमै पुगेर शिक्षा दिने व्यवस्था मिलाइएको र मतदान शिक्षालाई मतदानको दिन पनि जारी राखिने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । दोस्रो चरणको निर्वाचन गरिने तराईका जिल्लाहरु समेत रहेकाले बदर मत झनै बढ्ने आंशका गरिएको छ । तर आयोगले पहिलो चरणको मतदाता शिक्षाको अनुभवका आधारमा दोस्रो चरणका लागि मतदाता शिक्षालाई अगाडि बढाइएको बताएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा दिन झण्डै १२ हजार मतदाता शिक्षा कार्यकर्ताहरु खटाइएको जनाएको छ