दाङमा झण्डै ६९ प्रतिशत मतदान



सैघाली खबर
दाङ, २१ मंसिर । आज सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा दाङमा झण्डै ६९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार दाङमा ६८ दशमलव ७२ प्रतिशत मत खसेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार झण्डै ३१ प्रतिशत नखसेको पुष्टी गरेको छ ।

जिल्लामा झण्डै साढे तीनलाख मतादाता रहे पनि आज विहिवार दाङ दुई लाख ३२ हजार , ९ सय ५२ मतदाताहरुले मतदान गरेका छन । जसमा महिला १ लाख २८ हजार ५ सय २७ र पुरुष १लाख ४ हजार ४ सय २५ रहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्