टेकबहादुर पुन/दाङ्ग
कोरोना भाइरस कोभिड १९ का कारण बिश्वभर त्रासदीपुर्णको अबस्थामा अहिले देश पुरै लकडाउनमा छ । अत्याबश्यक अबस्थामा बाहेक नागरिकहरु घर बाहिर निस्कन पाएका छैनन् । सडकहरु पनि सुनसान छन् भने अत्याबश्यक खाद्यान्न, दुध, तरकारी लगायतका ढुवानी सेवाहरु मात्र सडकमा फाट्टफुट्ट देखिन्छन् । सरकारले लकडाउन गरेको आज आईतबार ६८ दिन पुगेको छ । यो लकडाउन कहिले खुल्ने भन्ने सरकारको आधिकारिक धारणा आएको छैन ।
तर लकडाउनकै अबसर पारेर देशका विभिन्न वडा तहदेखी स्थानिय पालिकाले बिकाश निर्माणका कामलाई तिब्र रुपमा अघि बढाएका छन् । दाङ्गको लमही नगरपालिका सँगै वडा कार्यालय हरुले पनि बिकाश निर्माणका कामलाई अघि बढाएका छन् । यसै सन्दर्भमा लमही नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले छुट्की महरुवा गाउँमा सडक फराकिलो बनाएपछी स्थानिय हर्षित भएका छन् ।
४ मिटर साँघुरो बाटोलाई नाला सहित ७ मिटर चौडा गरेपछी त्यस गाउँका करिब २ सय घरधुरी लाभाम्बित भएका हुन् । “पहिले साँघुरो बाटो थियो, जसले गर्दा ढुवानी गरेर गाडी ल्याउनै समस्या, स्थानिय तथा टोल बिकाश सँस्थाका सदस्य समेत रहेका बर्दाश रोकाले भने-अब भने बाटो फराकिलो भएको छ, सबैको घरमा गाडी पुग्छ ।” बाटो चख्ल्याउँदा स्थानियको घरनै भत्किने अबस्थामा सामान्य बिबाद भएपनी सबैको सहमतीमा अहिले नाला सहितको फराकिलो बाटो निर्माण कार्य सम्पन्न भएको टोल बिकाशका सचिब रामकृष्ण चौधरीले बताए ।
छुट्कि महरुवा टोल बिकाश सँस्थाले ४ दिन लगाएर २ सय ९० मिटर बाटोलाई नाली सहित चख्ल्याउँदै ग्राभेल गरेको हो । वडा कार्यालयको २ लाख रुपैयाको लागतमा बाटो निर्माण कार्य सम्पन्न भएको टोल बिकाश सँस्थाका अध्यक्ष टेकबहादुर महराले बताए । जनसहारा युवा क्लबको भवनबाट पुर्ब तर्फ अँधुरो कल्भट सम्म जोड्ने बाटो निर्माण कार्य सम्पन्न भएको छ । स्टिमेट अनुसार २ सय ६० मिटर बाटो निर्माण गर्नुपर्ने भएपनि पुरै गाउँलाई समेट्ने गरि टोल बिकाशकै पदाधिकारी हरु खटेर अरु ३० मिटर बढि बाटो चख्ल्याईएको अध्यक्ष महराले जानकारी दिए ।
“आखिर गाउँको बिकाश गर्नुछ, आफै खटेर बाटो लम्ब्याउँदा सबैको घरमा बाटो पुग्छ भने यस्तो निर्णय गर्न किन ढिला? अध्यक्ष महराले भने-वडाध्यक्ष र नगरपालिकाले साथ र सहयोग गरे यो गाउँलाई वडाकै नमुना गाउँ बनाउछौ, त्यसैपनि बिकाश निर्माणमा पछि परेको गाउँ हो ।” प्रगन्ना सिँचाई आयोजनाको कुलो देखि पश्चिम तर्फको गाउँनै छुट्की महरुवा हो । साँच्चिकै त्यस गाउँमा अझैपनि खानेपानीका धारा र अति आबस्यक बिजुलीका पोल ठडिएका छैनन् । त्यहाँका स्थानियले ब्यक्तीगत खर्चमा धेरै टाढादेखी बिद्युत तार तानेर बिजुलीको उपयोग गरिरहेका छन् ।
यता वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले त्यस गाउँलाई अन्य गाउँको तुलनामा बिकाश निर्माणले अघि बढाउने प्रयत्न गरिरहेको बताए । त्यहाँका गाउँबासीको गुणासोलाई आत्मसात गर्दै अत्याबस्यक बिजुली र पिउने पानीको लागि पहल थालिने जानकारी दिए । आफ्ना वडाका सम्पुर्ण बस्तीहरुलाई काखा पाखा नगरी आबस्यक्ता अनुसारले बिकाश गरिने वडाध्यक्ष चौधरीको योजना छ । “अहिले कोरोना महामारी छ, जसले गर्दा क्वारेनटाईनकै ब्यबस्थापनमा ब्यस्त छु वडाध्यक्ष चौधरीले भने-समस्या हल भएपछी सबै बस्ती बस्तीमा पुग्छु, सबैको समस्या बुझ्नेछु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।