शिखर ईन्स्योरेन्स नुवाकोटले गर्यो २ सय ६० जनाको कोरोना बीमा




नुवाकोट, जेठ १८
विदुर नगरपालिका वडा नं. ४ बट्टारमा रहेको शिखर ईन्स्योरेन्स कम्पनी लिमिडेटको शाखा कार्यालय नुवाकोटले विभिन्न स्थानका गरि २ सय ६० जनाको कोरोना बीमा गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाटआम सर्वसाधारणमा हुने जोखिमको आर्थिक सुरक्षणको लागि नुवाकोटमा गत बैशाख १० गतेबाट कोरोना बीमा सुरु गरेको शाखा प्रमुख सुरेन्द्र राईले बताए । व्यक्तिगत,पारिवारिक र संस्थागत रुपमा बिमा गर्दै आएको उनले बताए । उनका अनुसार, व्यक्तिगत रुपमा रु ५० हजारको बिमा गर्दा रु ५ सय, रु १ लाखको गर्दा रु एक हजार र पारिवारिक रुपमा रु ५० हजारको गर्दा तीन सय , रु १ लाखको गर्दा रु ६ सय बीमा शुल्क लाग्ने छ । पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको व्यक्तिका परिवारलाई आर्थिक भार कम होस् भन्ने उद्देश्यका साथ कम्पनीले राहात प्याकेज स्वरुप रु एक लाख दिने व्यवस्था रहेको छ ।

प्रमुख राईका अनुसार, आईतबार सम्ममा विदुर नगरपालिकाको ८ घरको ४२ जना, बेलकोटगढि नगरपालिकाका २० घरको ९० जना, लिखु गाउँपालिकाको १६ घरको ५६ जना, सूर्यगढि गाउँपालिकाका १ जना,तार्केश्वर गाउँपालिकाका १ जना, सामुदायिक विकास केन्द्र नुवाकोटको २९ जना कर्मचारी, कार्डसन नुवाकोटका ५ जना कर्मचारी, सु आहारा रसुवाका २० जना कर्मचारी र बजाज मोटरसाईकल स्वरुम बट्टारका १६ जना कर्मचारी गरी जम्मा २ सय ६० जनाको कोरोना बीमा गरिएको छ ।

वि.सं. २०७१ साल चैत्र १ गते नुवाकोटमा स्थापना भई बीमा क्षेत्रमा कार्य गर्दै आएको यस कम्पनीले रसुवामा समेत आफ्नो विश्वसनियता कायम गर्न सफल भएको छ । यस कम्पनीमा नुवाकोटमा ७ जना र रसुवामा १ जना कर्मचारी कार्यरत रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्