साँसद र वडाध्यक्षको पहलमा क्वारेन्टाईनमा रहेका नागरिकलाई पिपिइ वितरण




टेकबहादुर पुन/दाङ्ग
प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी र गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारीको समन्वय तथा पहलमा गाउँपालिका अन्तरगतका क्वारेनटाईनमा रहेका नागरिकलाई पिपिई सेट सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

वडाध्यक्ष भण्डारी आईतबार क्वारेन्टाईनमै पुगेर त्यहाँ रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मि, ब्यस्थापक र नागरिकलाई पिपिई बितरण गरेका हुन् । साँसद चौधरी र वडाध्यक्ष भण्डारीको पहलमा स्वास्थ्य मन्त्रालय तथा सिपि नेपालले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरु आइतबार पालिका अन्तरगतका ४ वटा क्वारेण्टाइनमा वितरण गरिएको हो ।

जस अन्तरगत गढवा १ को जनता माबि कालाकाटेको क्वारेणन्टाइनमा रहेका २ जना स्वास्थ्यकर्मि, दुइजना सुरक्षाकर्मि,ब्यवस्थापक र भान्सेहरु तथा क्वारेन्टाइनमा बसेका ७६ जनालाई पुग्नेगरी मास्क वितरण गरिएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिए । यसैगरी सरस्वती माबि गोबरडिहाको क्वारेन्टाइनमा पनि स्वास्थ्यकर्मि र ४५ जनालाई मास्क वितरण गरिएको छ ।

त्यस्तै मावि चैनपुुरको बिद्यालयमा रहेका ३९ जना नागरिकहरुलाई मास्क तथा क्वारेण्टाइन ब्यवस्थापनमा खटिएका सहित स्वास्थ्यकर्मि र सुरक्षाकर्मिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ भने गढवामा रहेको क्वारेण्टाइनमा कार्यरत स्वास्थ्यकर्मि,सुरक्षाकर्मी,भान्से तथा ब्यवस्थापकका लागि पनि स्वास्थ्य सामाग्री वितरण गरिएको विपद ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए । यसअघि भण्डारीले सांसद चौधरीसंग समन्वय गरेर स्वास्थ्य मन्त्रालयबाट पहल गरि पहिलो लटमा स्वास्थ्यकर्मिहरु र एम्बुलेन्स चालकहरुलाई पिपिइ सेट तथा पत्रकारहरुलाई सर्जिकल मास्क प्रदान गरेका थिए ।

वडा अध्यक्षको पहलमा ८ सय थान सर्जिकल मास्क,४ सयथान ग्लोब्स, ६ थान पिपिइ सेट तथा सेनेटाइजर बितरण गरिएको हो । यसैगरी क्रेयटिभ पोसिबिलिटिज नेपालले पनि ६० हजार बराबरका स्वास्थ्य सामाग्री वडानं. ५ को कार्यालयलाई उपलब्ध गराएको अध्यक्ष भण्डारीले बताए ।

वितरणमा वडा अध्यक्ष भण्डारी, गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारी सहित नागरिक समाजका प्रतिनिधिहरु, रेडक्रसकर्मी, उद्योग बाणिज्य संघ गढवाका अध्यक्ष तथा पत्रकारको समेत सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्