४५ जिल्लामा ६७ प्रतिशत मतदान



सैघाली खबर
काठमाण्डौ, २१ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

 

४५ जिल्लामा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदाताहरु उत्साहजनक रुपमा सहभागी हुँदै शान्तपूर्ण र ढंगले मतदान सम्पन्न गरेको आयोगले जनाएको हो।आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले सातवटै प्रदेशमा जम्मा ६७ प्रतिशत मत खसेको नेपालखबरलार्इ बताएका हुन्।

 

७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको हो।प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार छन्। निर्वाचन सम्पन्न गर्नका लागि आयोगले १ लाख ५५ हजार कर्मचार मतदान केन्द्रमा खटिएको आयोगले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्