दाङ । बाँकेको अगैयामा भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जनाको दाङ, सुर्खेत, सल्यान र रोल्पाका वासिन्दा भएको खुलेको छ।दुर्घटनामा ज्यान गुमाउनेमा दाङका २ , सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जना छन्।मृतकमध्ये चालक सुर्खेतका रहेको जानकारी प्रहरीले जनाकारि दिएको छ ।
नेपालगन्जबाट दाङ हुँदै सल्यानतर्फ गुडेको फोर्स गाडी रोकिराखेको ट्रकमा गएराति सवा १२ बजे ठोक्किदां १२ जनाको मृत्यु भएको थियो।मृत्यु हुनेमा चालकसहित भारतबाट घर फर्किरहेकाहरु हुन।
नेपालगन्जस्थित भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश थापाले थप एकजना पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए।
उनका अनुसार ११ जनाको अस्पताल ल्याउनु भन्दा पहिला नै मृत्यु भइसकेको थियो भने एकजनाको उपचारका क्रममा मृत्यु भएको हो।मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन्।
डा। थापाले अझैं चार जनाको अवस्था गम्भीर रहेको, तीन जनाको अवस्था सामान्य रहेको र अन्य १४ को अवस्था मध्यम रहेको बताएका छन्।मृतक र घाइते सबैलाई भेरी अस्पतलामा राखिएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको अगैयामा विग्रिएर रोकी राखेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट दाङ हुँदै सल्यान तर्फ आउँदै गरेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडीले पछाडीबाट ठक्कर दिदा उक्त दुर्घटना भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।