दाङ । दाङमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमित स्वास्थ्यकर्मी जनता मावि गढवाको क्वारेन्टिनमा खटिएकाहरु हुन् । उनीहरु राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष हुन् ।
गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले ती दुवै स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमै रहेको र घर परिवारसँग घुलमिल नभएको बताए ।
जनता मावि गढवाको क्वारेन्टिनमा राखिएका अन्य दुई जनामा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा गढवा गाउँपालिका ६ का ३६ वर्षीय पुरुष र गढवा गाउँपालिका ७ का २४ वर्षीय पुरुषहरु छन् ।
शनिबार तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टिनमा रहेका ५ जनामा पनि कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका का।मु। रजिष्ट्रार कैलाश देवले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।