धनुषा र महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु



काठमाण्डौँ, जेठ १९
धनुषा र महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। धनुषा र महोत्तरीमा एक/एक गरी दुई जनाको चट्याङबाट मृत्यु भएको छ। सोमबार बिहान मसलाधारे वर्षसँगै लागेको चट्याङका कारण दुई जनाको मृत्यु भएको धनुषाको हो।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-७७ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्लेको र महोत्तरीको महोत्तरी गाउँपालिका-१ का ४५ वर्षका इन्दल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। काफ्ले पानी पर्नुभन्दा पहिले जंगल घाँस ल्याउन गएको बेला मेघगर्जनसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए।

यस्तै सोमबार बिहान भैँसी चराउन गोठ गएको बेला गाउँ नजिकैको चौरमा लागेको चट्याङबाट यादवको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्याककृष्ण अधिकारीले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्