११ जना किरीयापत्रीले गरे मतदान



नारायण भण्डारी
दाङ, २१ मंसिर ।प्रतिनिधी सभा र प्रदेशसभा अन्र्तगत बिहिबार दोश्रो चरणमा भएको निर्वाचनमा दाङमा एकै घरका ११ जना किरीयापत्रीले मतदान गरेका छन् । तुलसीपुर उपमहानगरपालीका ९ विकासपुर टोलका रुपलाल नेपालीको काजकिरीया गरिरहेका एकै घरका ११ जनाले विभिन्न मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन।।

तुलसीपर उपमहानगरपालीका ५ अरनीको मैदान मतदान केन्द्रबाट राजन नेपाली, शंकर नेपाली, बेलमती नेपाली, पटु नेपाली र तुलसी नेपालीले मतदान गरेका हुन् । यस्तै कुमार नेपाली, प्रेम वहादुर नेपाली, खिमी नेपाली, तोला नेपाली र पाण्डबी नेपालीले तुलसीपुर उपमहानगपालीका ९ को निमावि दोघरे मतदान केन्द्रबाट मतदान गरेका छन् । सोही परिवारका हिरा नेपालीले तुलसीपुर ६ मा रहेको मावि सेन्टर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यसैबीच
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १२ मा।वि।हरीपौरी र वडा नंं ६ को मावि सेन्टर मतदान केन्द्रबाट पनि किरीयापुत्रिहरुले मतदान गरेका छन् । एमाले दाङका उपाध्यक्ष हुकुम बहादुर बस्नेत सहित कुल बहादुर बस्नेत, नुम बहादुर बस्नेत र पदम बहादुर बस्नेतले मतदान गरेका छन् । यस्तै शान्तिनगर ४ को चिराघाट मतदान केन्द्रवाट १ सय ४ विर्षिय पुतली कुमारी बुढा मागरले मतदान गरिकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्