अष्ट्रेलिया र न्युजिल्याण्डका १२ सय नेपाली स्वदेश फर्कन भए तयार



काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याणमा रहेका १२ सय नेपाली स्वदेश फर्कन तयार भएका छन् ।

कोरोनाका कारण अष्ट्रेलिया र न्युजिल्याण्डमा अप्ठ्यारोमा परेका १२ सय नेपालीले तत्काल नेपाल फर्कन माग गर्दै क्यानबेरास्थित नेपाली दुतावासले उपलब्ध गराएको फारम भरेका छन् ।

सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध गरेपछि क्यानवेरास्थित नेपाली दूतावासले गत मे २९ तारिखमा नेपाल फर्कि हाल्नुपर्ने कारण खुलाएर अनलाईन फारम भर्न सूचना जारी गरेको थियो ।

फारम भर्ने अन्तिम दिन जुन २ तारिख साँझ ५ बजेसम्म १२ सय जना नेपालीले नेपाल फर्कन माग गर्दै अनलाईन फारम भरेको राजदूत महेशराज दाहालले जानकारी दिए ।

उनीहरूलाई अब विभिन्न चरणमा उद्दार गरिने बताइएको छ । मार्च २५ तारिखदेखि अष्ट्रेलियाले अन्तराष्ट्रिय उडान बन्द गरेर लकडाउन सुरु गरेको थियो ।

हवाई उडान बन्द भएपछि कार्यक्रममा भाग लिन आएका, छोराछोरी भेट्न आएका तथा विभिन्न भिजिट भिसामा आएका नेपालीहरु अष्ट्रेलिया र न्युजिल्याण्डमा फसिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्