आर्थिक

विश्व बैंकले नेपालाई १० करोड अमेरिकी डलर ऋण दिने

By Thah Online

June 03, 2020

काठमाण्डौँ, जेठ २१ नेपालका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । यो ऋण नेपालको ऊर्जा क्षेत्र र कोरोना भाइरसका कारण उत्पन्न संकटपछिको सुधारका काममा खर्च हुनेछ । विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत यो ऋण स्वीकृत गरेको हो ।

डेभलपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत विश्व बैंकले नेपालको नीतिगत, नियामकीय र संस्थागत सुधारका क्षेत्रमा सहयोग गर्दै आएको छ । त्यसैअनुसार, यसपटक विद्युत क्षेत्रका लागि ऋण स्वीकृत गरेको हो ।

ऋण स्वीकृत गर्दै विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस हदाद जेर्भोसले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सुधारका लागि सहयोग गरिरहेको बताएका छन् ।