रेखालाइ सरुको प्रश्न ” रेखाजी मात्र एक दिन अछुत, दलित नारी भएर बाँच्नुस “



रुकुम – जाजरकोट अन्तरजातिय प्रेम र बिवाहा जुन नबराज बिकको लागि प्रेम नै मृत्यु उपहार बन्यो । उनी मात्र होईन उनका ५ जना साथीहरु समेत उनी सगै भेरी नदिमा लास बनेर बगे । यो घटनाले नेपालको दलित हत्याकाण्ड एउटा नरसंहार बनेको छ ।जात कै कारण एउटा दलित युवाले मृत्युको फासीमा रेटिनु पर्ने यो घटनाको बिरोधमा यति बेला देशै भरिका आन्दोलनकारी आन्दोलनमा उत्रिएका छन् । सामाजिक संजाल समेत भरिएको छ । यस्तैमा नायिका रेखा थापाले नबराज बिकको प्रेमीका भनिएकी सुस्मा मल्लको चरित्र हत्या भएको भन्दै लेखे पछि उनका फ्यानहरुले समेत चर्को आलोचना गरेका छन् प्राय कमेन्ट रेखालाइ गाली गर्न नै खर्चेका छन् । सरु सुनारले सदियौ देखि आफुहरु अछुत र दलित नारी भएर बाच्नुको पिडा पोख्दै रेखालाइ प्रती प्रस्न गरेकी छिन

रेखा थापाको स्टाटस

रुकुम घटनाका दोसी माथि कर्वाही र पीडितलाई अबिलम्म्ब न्याय दियियोस । यस घटनामा जोडीएकी किशोरिको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ । समाज बिरुद्द अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त? दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिन्सा र प्रताडना दिएको कारण ति किशोरि नदिमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ? अन्तर्जातिय प्रेम गरेको सट्टा जसरी उस्को चरित्र हत्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग लडनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पिडन किन ? दोषी भये कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।

.. सरु सुनारको स्टाटस

रेखा जि तपाईंको एक्टिङ र धेरै फिलिमहरुको म फ्यान नै हो तर आज म पनि एउटा नारी भएको हिसाबले म यो कुरा महसुस गर्न सक्छु कि अहिले सुस्मा मल्ललाई के बितेको छ भन्ने । धेरै दिदिबहिनी जुन दलित केटासग पहिला प्रेम गर्छन् , भागेर बिवाहा गर्छन् परिवारले फर्काउन गए पछि फेरि त्यही आमाबाउको कुरा सुनी आफ्नो प्रेमी , दलित केटालाई मलाई फकाएर भगाएको बलात्कार गर्यो भनी झुटो मुद्दा लगाउछ्न आज तपाईंले दलित केटासग प्रेम गर्ने हिम्मत राख्ने छोरीको कुरा गर्दा , समाज र परिवारमा बर्जित प्रेम एउटा दलित केटाले उच्च जातकी केटि सुस्मा सग राजिखुसीमा बिवाहा गर्न आउदा यसरी भेरी नदिमा लास बनी बग्नु पर्यो उसको प्रेम अनि सपना सबै भेरी नदिमा बगेको कुरा तपाईंले उठाउन सक्नु भएन ? राजी खुसी राजीले सम्बन्ध राखी बिवाहा गर्नेले बाउ आमाले फकाए , रोए भन्दैमा बलात्कारको मुद्दा लगाइ जेल कोच्ने अधिकार कसले दिन्छ ? आज सुस्माको इज्जतको कुरा गर्दा ६ परिवारको आमाको काख रितिएको छ ? आज प्रेम गर्दा हत्या गर्ने , कसैको ज्यान लिने समाजको बारे तपाईं बोल्ने हिम्मत छैन ? के दलित युवाले गरेको प्रेमको उपहार मृत्यु हो ? तपाईं हामी जस्ता नारीले अछुत भएर , समाजमा भोगेको पीडा लेख्न सक्नुहुन्छ ? जन्मे देखि भोगेको अपमान तपाईं महसुस गर्न सक्नुहुन्छ ? हामी दलित भएर बाच्दाको पीडा , यो समाजले हामीलाई हाम्रो चरित्र जातकै कारण नङ्गाएको पीडा ? यहाँ चरीत्रको कुरा उठाउनु हुन्छ अनि ६ जनाको हत्याको कारण के हो ? यो बारे लेख्न सक्नु हुन्न ? किन कि तपाईंले यो महसुस गर्न सक्नु हुन्न अपमान र तिरस्कार भएर समाजमा बाच्नु को पीडा मात्र १ दिन एउटा दलित नारी भएर बाचेर हेर्नुस् अनि थाहा पाउनुहुनेछ सुस्मा मल्ल होइनन सरु सुनार जस्ता लाखौं नारीहरु आज समाजमा खुलेलाम उनिहरुको आत्मसम्मान , इज्जतको लिलामी भएको छ के सरु सुनार जस्तो लाखौ नारीको यी समाजले गरेको इज्जतको लिलामीको लागि तपाईं शब्द लेख्ने हिम्मत गर्नु हुन्छ ? अन्त्यमा तपाईंले बनाएको चलचित्रको काल्पनिक कथा र तपाईंले पर्दा भित्र गरेको अभिनय होईन रुकुम हत्याकान्ड समाजको तितो यथार्थ र वास्तविकता हो ।जुन अन्तरजातीय प्रेम गर्दा दलित युवा मारिनु पर्यो । चलचित्रका कथा र बास्तबिक जिबनको पीडा फरक पाटो हो धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्