प्रधानमन्त्रीको गृहजिल्ला झापामा नबराज हत्याकाण्ड बिरूद्ध खबरदारी सभा

फोटो फिचर


 

 

थाहा अनलाइन । नेपालले छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको २०६३ जेठ २१ गते आजैका दिन १४ बर्ष पूरा भएको छ । सरकारले छुवाछूत मुक्त रास्ट्र घोषणा गरे पनि व्यबहारमा छुवाछूत ब्याप्त मात्र नभइ जातीय भेदभाव र छुवाछूतकै कारण २२ जनाको ज्यान नै गएको छ । यतिमात्र नभई २०७३ साल असार २९ गते काभ्रेका अजित मिझारले अन्तरजातीय बिवाहा गर्दा उनलाई धादिङको गजुरीमा मारेर झुन्डाइयो जुन लास ५ बर्ष देखि न्यायको पर्खाइमा लास छ ।अर्को घटना यहि जेठ १० गते जाजरकोटका नबराज बिकले रुकुमकि सुस्मा मल्लसंगको प्रेम र बिवाहालाई लिएर नबराज बिक लगाएत ६ जना युवाहरूलाई हत्या गरि भेरी नदिमा फालियो ।यतिबेला न्यायप्रेमी नागरिक , दलित समुदाय न्यायको लागि सडकमा आन्दोलन गरिरहेका छन् ।

विशेष गरि जेठ २१ लाई छुवाछूत मुक्त दिबस होईन यसलाई बिरोध र खबरदारी दिन भनी मनाउन बाध्य भएका समुदायले कालो ब्यानर र कालो कफन बाधी सडकमा आन्दोलन र अन्तरजातीय प्रेम गर्ने र प्रेमका पुजारी साथीहरुलाई श्रद्धाञ्जली दिदै शोक सभा गर्न बिबश छन् । आज देशै भर बिरोध , आन्दोलन र खबरदारी हुँदै गर्दा प्रधानमन्त्री केपि शर्मा ओलीको गृहजिल्ला झापामा खबरदारी सभा र बिरोध आन्दोलन भएको छ ।संयुक्त राजनीतिक दलित सघर्ष समितिको आयोजना गरिएको उक्त बिरोध कार्यक्रममा झापाका सम्पूर्ण राजनितीक दल,मानबअधिकारकर्मी ,पत्रकार, संघ,सस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सयोजन साथै अध्यक्षता ,सयुक्त राजनीतिक दलित सघर्ष समिति,झापाका संयोजक  हुकुमसिह नेपालीले गरेका थिए । पश्चिम रूकुम नबराज हत्या काण्डमा लकडाउलाई समेत बेवास्ता गर्दै झापामा उर्लेका भिडले हत्यारालाई कडा कार्बाही ,हत्या गरिएका युवालाई साँस्कृतिक सहिद घाेषणा ,राज्य द्वारा पिडित परिवारलाई क्षतिपुर्ति सहित छुवाछूत मुक्तराष्ट्र घाेषणा दिबश दलित समुदायकाे कालाे दिन, जातिय विभेद अन्त्य गर , मान्छे मार्न मार्न पाइदैन, छुवाछूत मुक्त रास्ट्र व्यबहारमा लागू गर जस्ता नारा र पेलेकार्ड बोकि सडक परिक्रमा गरेका थिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्