बर्षौ देखि सामाजिक दुरीमा राखेको दलित समुदायलाई अब न्यायको लागि लकडाउनले छेक्दैन- हुकुमसिह



 थाहा अनलाइन , काठमाडौ ।छुवाछूत मुक्त रास्ट्र घोषणा गरेको पुर्ब सन्ध्यामा आज देश भरी नै छुवाछूत मुक्त दिबश होईन , कालो दिन , बिरोध र खबरदारी गरि मनाएका छन् । २०६३ जेष्ठ २१ गते नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिन आज १४ औं बर्ष पुगेछ । छुवाछूत मुक्त रास्ट्र घोषणा पछि पनि २२ जना दलित समुदायबाट अन्तरजातीय बिवाहा र जात कै कारण मारिएको तितो यथार्थको बीच फेरि भर्खर जेष्ठ १० गते जाजरकोटका नबराज बिकले रुकुम चौरजहारीकी सुस्मा मल्लसंगको प्रेम र बिवाहाको घटनाले नबराज बिक सहित उनका ५ जना साथीहरुलाइ कुटिकुटी हत्या गरि भेरी नदिमा फालिएको छ । यतिबेला सडकमा लकडाउन उलङ्घन गर्दै न्यायका खातिर सत्यतथ्य छानबिन र मृतक परिवारलाई क्षतिपूर्ति सहित कारवहीको माग गर्दै देशै भर आन्दोलन चर्केको छ । यस्तै झापा जिल्लामा सयुक्त दलित सघर्ष समितिले चरणबद्दरूपमा आन्दोलन गरेको छ।

जिल्ला प्रशासन घेराउ , जिल्ला प्रशासन प्रमुखद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र देखि जेष्ठ २१ मै नबराज बिक लगायतका साथीहरुको शोक , श्रद्धाञ्जली सभा साथै खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । सयुक्त दलित सघर्ष समितिका सयोजक हुकुम नेपालीको सयोजक्त्वमा भएको उक्त कार्यक्रममा नेपालीले आज पनि मान्छे देखि मान्छेबाट नै सदियौ देखि गरिएको शोषण , दमन , अत्याचार र मान्छे – मान्छे बिचमै सदियौं देखि दोस्रो दर्जाको नागरिक भएर जिबनयापन गर्न पर्ने बिडम्बना अझै चलिरहेको छ, छुवाछूत मुक्त रास्ट्र घोषणा गरे पनि नेपालमा छुवाछूत नहटेको भन्दै नेपाली समाजका हरेक संरचनामा, गाउँ टोलमा , छिमेकमा छुवाछूत रहेको छ ।

 

चुलो छोएको निहुमा दलितहरुलाइ कुटिकुटी हत्या गरेको छन् यतिमात्र होईन आज अन्तरजातीय प्रेम गर्दा जनप्रतिनिधि अगुवाइमा दलित युवाहरूलाई योजनाबद्द र षड्यन्त्रपुर्बक कुटिकुटि हत्या गरेको छ यस्ता घटनाले अब सामाजिक सद्भभाब कायम हुन नसक्ने बताएका छन् ।

उनले थपे सामाजिक संजालका समाजका प्रभुत्व ब्यक्तिहरुको स्टाटस र अन्तरक्रिया हेरेको भन्दै यदि दलित समुदायका युवाहरु , योद्धाहरु , दलित समुदायका नौजवान क्रान्तीकारीहरुको हत्याका बर्बरतालाई हामी सहेर सामाजिक सद्वभाब हुन्छ भन्ने कसैले सोचेमा खबरदारी समेत बक्त गरेका छन् यस्ता हत्या बर्बरता अब सहेर नबस्ने भन्दै कडा आक्रोश ब्यक्त गरेका छन् ,बिश्व महामारीको बेला कोरोनाको कहर र लकडाउनको बेला समेत सामाजिक दुरीलाइ बेवास्ता गर्दै आफुहरु यसरी आन्दोलीत हुनु परेको छ र हाम्रो लागि कोरोनाले ल्याएको सामाजिक दुरी कुनै ठूलो होईन दलित समुदायले ३५ सय बर्ष देखि धारा पधेरा, खानपिन , उत्सब , सार्बजनिक स्थल राज्यका हरेक नीति , तह र तप्कामा सामाजिक दुरी दलित समुदायलाई कायम गरिएको भन्दै कोरोनाले भर्खर मात्र गैरदलितलाई सामाजिक दुरिको महसुस गराएको बताए। रुकुममा यत्रो घटना घटनामा मानव अधिकारकर्मीहरु, अन्यसंस्थाहरुको चासो नबनेको भन्दै दलित अधिकारको विषय मानव अधिकारको विषय नबनेको आरोप समेत लगाए । अब पनि हत्यारालाई ढाकछोप र कुनै बहानामा उम्काउने प्रयास भए फेरि अर्को चरणको आन्दोलनको घोषणा समेत गर्ने नेपालीले उद्धघोष गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्