राजनिती

विप्लव नेकपा द्वारा एमसीसी बिरुद्ध काठमाडौं लगायत देशभर मशाल जुलुस

By Thah Online

June 04, 2020

जेठ २२ काठमाडौ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसिसी बिरुद्धमा काठमाडौ लगायत देशभर मसालजुलुस सगैं पर्चा बितरण गरेको छ् ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत काठमाण्डाैं जिल्ला लगायत देशभर  विभिन्न ठाउँमा एमसीसीकाे बिरुद्धमा पर्चा छर्नुका साथै मशाल जुलुस गरेकाे छ । जेठ १९ र २० गते देशैभरी सम्झाैता जलाउने , २१ गते सम्झाैताका मतियार अाेली र देउवाकाे पुत्ला जलाउने र २२ गते पर्चा फाल्ने र मशाल जलाउने कार्यसूची अनुसार अाज काठमाण्डाैंकाे गाेकणेश्वर, नागर्जुन, चन्द्रागिरी, क्रीतिपुर , तार्केश्वोर , टाेखा, बुढानिलकण्ठ, कागेश्वरी मनाेहराकाे बाबाचाेक , दक्षिणकालिका नपा राम्चेभञ्ज्याङ र सितलचाेकका साथै महानगरपालिकाका बानेश्वर, नयाबसपार्क , र सानाेभर्याङमा सम्पन्न भएकाे जिल्ला कार्यालयले जनाएकाे छ ।

केपी सरकारले नेपाली कांग्रेसको समर्थनमा संसदबाट पास गर्न खाेजिरहेकाे एमसीसी सम्झाैताले नेपाली सार्बभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा गम्भीर रास्ट्रघात गर्ने जस्ताे अपराधिक कार्य हुने भएकाेले मशाल जलाईएकाे हाे । लकडाउन र प्रतिबन्धलाई पनि वास्ता नगरी पार्टी कमिटी, जनवर्गीय संगठनका नेता कार्यकर्ता र स्थानिय देशभक्त जनताहरुकाे उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएकाे नेकपा काठमाडौले जनाएकाे छ ।

स्रोतका अनुसार मशाल सँगै पर्चाहरु पनि फालिएकाे र रास्ट्रघाती एमसीसी सम्झाैता खारेज गर ! सम्पूर्ण देशभक्त र रास्ट्रवादीहरु एक हाैं ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! वीर सहिदहरु लालसलाम ! काेराेनाकाे बाहानामा भएकाे भ्रष्टाचार र रास्ट्रघात बन्द गर ! एकीकृत जनक्रान्ती जिन्दावाद ! लगाएतका नाराहरु पनि लगाइएको थियाे ।