Politics

एमसिसिको बिरुद्ध अखिल (क्रान्तिकारी) जाजरकोटले गर्यो मसाल जुलुस सहित बिरोध प्रदशन

By Thah Online

June 04, 2020

जाजरकोट संवाददाता । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी निकट विधार्थी संगठन अखिल क्रान्तिकारि जिल्ला समिति जाजरकोटले पार्टीको केन्द्रिय कार्यक्रम अनुसार अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै व्यापक विरोध भैरहेको बेला बिहिवार विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोट र एरिया न. ४ ले मसाल जुलुस गरेर विरोध प्रदर्शन गरेको छ । जाजरकोटको बिभिन्न क्षेत्रमा भएको मसाल जुलुसमा एमसिसि लाई कुनै हालतमा पास गर्न नदिने भन्दै विरोध प्रदशन गरेको छ ।

भेरी नगरपालिकामा भएको बिरोध मसाल जुलुस प्रदशन कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष बिराजन शाहिले भन्नुभयो केन्द्रिय कार्यक्रम अनुसार रास्ट्रघाती एमसिसि सम्झौताको बिरोध गर्दै हिजो हामिले ओलि र नेपालि काङ्ग्रेस सभापति सेर बहादुर देउवाको पुतला दहन गर्यौँ । र आज केन्द्रिय कार्यक्रम अन्तर्गत नै मसाल जुलुस गरेर राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा पास गर्न नदिने जिकिर समेत गर्नु भएको छ । यतिबेला नेपाल कोरोना संगको लडाईमा तीब्र रुपले लडिरहेको बेला नेपालकका निश्चित दलाल हरुले एमसिसि जस्तो रास्ट्रघाती सम्झौता पारित गर्ने तयारीमा लागि रहेका छन । यो सम्झौताको बिरोधमा सम्पुर्ण देशभक्त ,क्रान्तिकारी ,प्रगतिशील ,आम जनता एक हुन आबस्यक छ । यस रास्ट्रघाती सम्झौताको शसक्त रुपले बिरोध गर्न अपिल गर्दछौं ।