विप्लव नेकपाले म्यादीमा नाराबाजी सहित मसालजुलुस



म्यादी संवाददाता ।विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी म्यादीले तातोपानी बजार नजिकै  पार्टीको केन्द्रीय पूर्व घोषित कार्यक्रम अनुसार आज राष्ट्रघाती एमसीसी सम्झौता विरुद् मशाल जुलुश कार्यक्रम सम्पन गरेको छ‌।

सरकारले संसदबाट एमसीसी पास गराउन खोजेको भन्दै देशभर मशाल जुलुस गरेर विरोध गरेको हो ।
एमसीसीले नेपाली जनतालाई साम्राज्यवादको गुलाम बनाउनुको साथै नेपालको सार्वभौमिकता र स्वाधीनतामा खतराहुने भन्दै पास नगर्न भनेको छ ।
सरकारलाई यस्तो विवादास्पद सम्झौता पास गर्न गरे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी विद्रोही नेकपा दैलेखले दिएको छ । पार्टीले हरेक देशभक्त, सच्चा वापन्थी तथा लोकतान्त्रिक शक्तिहरु एमसीसीको विरुद्ध एक ठाउँमा उभिनु पर्नेमा जोड दिएको छ
कोरोनाको माहामारी दिनप्रति दिन बढ्दै गईरहेको छ भने अर्कोतिर एमसीसी सम्झौता पास हुने चर्चाले आन्दोलन गर्नुपर्ने बाध्यता भएको दैलेख पार्टीका एक जिल्ला नेताले बताएक छन् । उनका अनुसार सामाजिक दलाल केपि सरकार – मूर्दावाद, अमेरिकी साम्राज्यवाद- मूर्दावाद, एमसीसी सझौता खारेज गर लगायतका नारासहित मशाल जुलुश प्रदर्शन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्