नवलपरासी पश्चिममा एकैपटक ८ जनामा कोरोना पोजेटिभ पुष्टि



रबिन्द्र यादव / नवलपरासी पश्चिम २१ जेठ नवलपरासी पश्चिममा बुधबार एकैपटक ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा बर्दघाटमा १ र पाल्हीनन्दनमा ७ जनामा एकैपटक कोरोना पोजेटिभ देखिएको हो । बर्दघाटमा वडा नम्बर १६ का २४ वर्षिय युवकमा कोरोना पुष्टि भएको छ । उनि भारत बाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपसी पश्चिमका जन स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिए । यस्तै पाल्हीनन्दन गाँउपालीकामा पुष्टि भएका ७ जना सबै पुरुष छन् । जस्मा वडा नम्बर ६ का २०,२१ र ३४ वर्षिय पुरुष तथा वडा नम्र ४ का २९ वर्षिय, वडा नम्बर ३ का ३४ वर्षिय, वडा नम्बर २ का २१ वर्षिय र वडा नम्बर १ का २५ वर्षिय व्यक्तिहरु रहेका छन् । प्रारम्भिक जानकारी अनुसार अधिकांश संक्रमित भारत मुम्बई बाट आएका थिए । पाल्हीनन्दनमा पाँच नम्बर वडा बाहेक सबै वडामा कोरोना पोजेटिभ भेटिएका हुन । गाँउपालीका अध्यक्ष बैजुप्रसाद गुप्ता ( दिपक ) ले अहिले उनिहरुलाई छुट्टै राख्ने काम भईरहेको जानकारी दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले उनिहरु कसरी नेपाल आए र सिधै क्वारेन्टाईनमा गए वा अन्य व्यक्तिको सम्पर्कमा आएको भन्ने बारे कन्ट्रयाक ट्रेसिङ्ग गरेपछि थाहा हुने बताए ।नवलपरासी पश्चिममा पहिलो पटक यति धेरै संख्यामा कोरोना संक्रमण देखिएको हो । यस अघि जिल्लामा कुल ७ जनामा कोरोना पुष्टि भएको थियो । बर्दघाट र पाल्हीनन्दनमा भने आज पहिलो पटक संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ भने तीन जना निको भएर घर फर्किएका छन् । निको भएर प्रतापपुर गाउँपालिका वडा नम्बर ६ र सुस्ता गाउँपालिका वडा नं ५ का दुई जना रहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्