अखिल (क्रान्तिकारी) जाजरकोटले पक्राउ परेका केन्द्रीय अध्यक्ष ढकालको रिहाईको माग



जाजरकोट संवाददाता ।
विप्लव नेकपा विद्यार्थी अध्यक्ष चिरञ्जीवी ढकालको गिरफ्तारको भ्रसना गर्दै एक विज्ञप्ति मार्फत अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष बिराजन शाहीले रिहाईको माग गर्नु भएको छ ।
शाहीले विज्ञप्तिमा भन्नुभएको छ हाम्रो संगठनका विद्यार्थी नेताहरुलाइ किन गरिदैछ पटक-पटक गिरफ्तार।।
“सरकार यदि बन्दुकको भरमा जनतालाई दमन गर्छ भने हामी विद्यार्थीहरु पनि ड्रोनका रिमोटहरु दबाउन बाध्य हुनेछौ।।
हेक्का राखे हुन्छ हाम्रो संगठन बन्दुक,बम र गलत गतिविधि गर्ने संगठन होइन हाम्रो संगठन भनेको देशको स्वाधीनता, जनताको अधिकार प्राप्ति,शान्ति,परिवर्तन र शैक्षिक क्षेत्रमा भएका तमाम खालका बिकृती, बिसंगतिका विरुद्ध निरन्तर आवाज उठाउने संगठन हो।।
बिशेषत अहिले युवा विद्यार्थीहरुले बुझ्नै पर्दछ यो धरतीमा जबसम्म दलाल पुजिबाद रहन्छ तबसम्म नेपालमा परिवर्तन सम्भब छैन।।
उत्पीडनमुक्त दुनियाँ बैज्ञानिक समाजबादबाटमा मात्र सम्भब छ त्यसैले अब सम्पुर्ण (क्रान्तिकारी) युवा विद्यार्थीहरुले सोच्ने बेला भएको छ सोचेर (क्रान्ति)मा उभिने बेला भएको छ ।

बिज्ञप्तिमा यति बेला बिश्व जनसमुदाय कोरोनाले आक्रान्त छ यसको प्रभाबले नेपाल पनि अछुतो रहन सकेको छैन। हामी कोरोणासङ्गको लडाइ लडिरहेका बेला र देशमा भएका कयौ समस्यासङ्ग लडिरहेको बेला ओली नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारको आगमन पश्चात देशभक्त क्रान्तिकारी शक्तिहरुलाई प्रतिबन्धित गर्ने, छानीछानी गिरफ्तार गर्ने यातना दिने र जबर्जस्त आफ्ना अड्डा अदालत, प्रहरी प्रशासनको प्रयोग गरी षड्यन्त्रपूर्वक झुटा मुद्दामा फसाउने जस्ता निन्दनीय र अमानवीय कार्य गर्दै आएको छ । यसको जति निन्दा गरेपनी अपुग हुन्छ । यसैगरी हिजो (जेठ २१ गते) दिउँसो मात्र रुकुम नरसंहारविरुद्धमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुँदा माइतीघरमण्डलाबाट हाम्रो संगठनका केन्द्रिय अध्यक्ष कामरेड चिरञ्जीवी ढकाललाई प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । यसरी राजनीतिक आस्था राखेको आधारमा गरिएको गैरन्यायिक गिरफ्तारीको हाम्रो संगठन घोर भत्सर्ना गर्दै बिनासर्त अविलम्ब रिहाइको माग गर्द्छ । साथै, गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै अध्यक्ष चिरञ्जीवी ढकाललाई तत्काल रिहाईको माग गर्दछु। प्रेस विज्ञप्ति :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्