बालिका बलात्कार प्रकरण : फरार अभियुक्त महेसपुर नाकाबाट पक्राउ



रबिन्द्र यादव र नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा चार बर्षिय बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोगमा फरार अभियुक्त पक्राउ परेका छन। जिल्लाको सरावल गाउँपालिका ४ बस्ने ३१ बर्षिय राजकुमार सहानिलाइ प्रहरीले बिहिवार राति ८ बजेको समयमा महेसपुर नाकाबाट पक्राउ गरेको हो।

अभियुक्त सहानी केही दिन अगाडि गाउँपालिका ४ मङ्लापुर गाउँ बस्ने ४ बर्षिय बालिकालाइ घरमा कोइ न भएको बेला र आमा नुहाइ रहेको बेला ललाइफकाइ जबर्जस्तिकरणी गरेको बालिकाको घरपरिवारले आरोप लगाएका थिए । करणी गर्दा बालिका रुन थालेपछि आरोपित सहानी फरार भएका र उनको खोजी कार्य भैरहेको थियो।

बालिकाको घरपरिवारले अभियुक्त सहानी विरुद्ध बलात्कार मुद्दाका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन। जाहेरी आएपछि प्रहरीले उक्त घटनाको बिषयमा थप अनुसन्धान गरि रहेको र सहानीको खोजी कार्य समेत गरि रहेको थियो। प्रहरीले बिशेष सुराकीको आधारमा आरोपित सहानिलाइ पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्