सैघाली खबर
काठमाण्डौ,२१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अगाडि देखिएको छ ।गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा अगाडि देखिएको छ । दुवै सभामा अन्य दलले १रएक क्षेत्रमा अग्रता लिएका छन् ।
पहिलो चरणमा मंसिर १० गते भएको ३२ जिल्लाका प्रतिनिधि र प्रदेशसभाअन्तर्गतका धेरै निर्वाचन क्षेत्रहरुको मतगणना भइरहेको छ । बिहीबार दोस्रो चरणमा भएको निर्वाचनको पनि मतपेटिका संकलनपछि गणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।