दाङकाे राजपुरमा चरम लापार्वाही रिपाेर्ट नआउँदै क्वारेन्टाइनबाट डिस्चार्ज, स्थानीयबासी त्रसित



ओमप्रकाश गुप्ता , देउखुरी २३ जेष्ठ । दाङकाे देउखुरी स्थित राजपुर गाउँपालिकामा चरम लापार्वाही देखिएकाे छ । बिहिबार उक्त गाउँपालिकाकाे क्वारेन्टाइनबाट डिस्चार्ज गरिएका तीन जनालाई फेरि कोरोना पोजेटिभ देखिएपछि यस्ताे घटना बाहिरिएकाे हाे । गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठाएको थियो । तर, बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित भेटिएको सूचना सार्वजनिक भएकाे थियाे । त्यसपछि कोरोना परिक्षण गरिएको रिपोर्ट नआउँदै डिस्चार्ज गरिएको घटना बाहिर आयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले गाउँपालिकालाई सूचना दिदा भएको त्रुटीले गर्दा समस्या आएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । ‘क्वारेन्टाइनमा बसेका मध्ये ३५ जनाको नमुना परिक्षण गर्दा बुधबार तीन जनामा संक्रमण देखिएको रहेछ । तर, हामीलाई जानकारी गराउँदा एक सय ५७ जनाकै परिक्षण गर्दा तीन जनामा देखियो भन्ने सूचना आएपछि तीन जना बाहेक अरुलाई डिस्चार्ज गरेर घर पठाइएको थियो गाउँपालिकाका अध्यक्ष केसीले भने ।

बिहिबार फेरी राजपुर गाउँपालिकामा तीन जना संक्रमित फेला परेको जानकारी आएपछि फेरी हामीले घर घरमा पुगेर ल्याएका छौं ।’ गाउँपालिकाले गम्भिर गल्ती गरेको भन्दै कोरोना संक्रमितका परिवारका सदस्य र गाउँलेहरुले विरोध गर्नुका साथै त्रसित समेत बनेका छन् । बिहिबार पुष्टि भएका तीन जना मध्ये दुई जना सम्पर्कमा आएको र एक जनालाई सम्पर्कमा ल्याउने काम भैरहेको राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल रोकायले बताए । बिहिबार राजपुर–२ निवासी ३४ बर्षीय, वडा नम्बर ३ निवासी २७ बर्षीय र वडा नम्बर ४ निवासी २६ बर्षिय पुरुष व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्