गोरखा क्षेत्र नम्बर २ मा मत परिणाम उल्टियो श्रेष्ठलाई उछिन्दै भट्टराईको अग्रता



प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको एक गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

साँझ १० बजे सार्वजनिक गरिएको द्वोर्सो मत अपडेट अनुसार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उछिन्दै क्टर बाबुराम भट्टराईले अग्रता कायम गरेका छन् ।

ताजा मतपरिणाम अनुसार बाबुरामले ६४ मतको अग्रता लिएका हुन् । ताजा अवस्थामा बाबुरामले ८३० मत ल्याएका छन् । उनलाई

पछ्याइरहेका वाम गठबन्धनबाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले ७६६ मत ल्याएका छन् ।

मंसिर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज साँझ ५ बजेबाट सुरु भएको थियो ।

यता गोरखा क्षेत्र नम्बर १ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि अधिकारीले अग्रता लिएका छन् । ८०३ मत गन्दा उनले ३५१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले ३३० मत पाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्