प्रदेश ५

जनता काेराेनाले भन्दा भाेकले मर्ने अवस्था आउन नदिन लकडाउन खुकुलाे बनाउन पर्छ : अध्यक्ष केसी

By Thah Online

June 05, 2020

ओमप्रकाश गुप्ता , सिसहनियाँ २३ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको जीवन अत्यन्तै कष्टकर भएकोले लकडाउन व्यवस्थित गर्नुकाे बिकल्प नरहेकाे बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले बिहिबार आयोजना गरेकाे कोरोनाले उत्पन्न संकट र अबको दैनिक जीवन विषयक अनलाइन अन्तरक्रिया कार्यक्रमलाई भिडियाे कन्फेनसकाे माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष केसीले साे कुरा बताउनु भएको हुन् ।

उनले “कोरोना बिश्वब्यापी संकट भएको र यस प्रकारका संकटलाई मानव समुदाय जित्दै आएको इतिहास छ । तर अहिलेकाे वर्तमान अवस्थामा सरकारले गरिब जनताहरूलाई राहत दिन नसकिरहेकाे समयमा यसरी गरिएकाे लकडाउनले जनता काेराेनाले भन्दा भाेकेले मर्ने अवस्था आउने सक्ने भएकाेले तत्काल लकडाउन खुकुलाे बनाउनु पर्ने बताएका छन् । उनले यसरी गरिएकाे लकडाउनकाे प्रत्यक्ष मारमा सम्पूर्ण किसान, मजुदुर, ब्यापारी, उद्योगपति रहेकाेले लकडाउनलाई व्यवस्थित गर्दै खुकुलाे बनाउन सरकार संग माग समेत गरे । अध्यक्ष केसीले नेपालीले धेरै युद्ध जितेकाे ईतिहास पनि छ । यसलाई पनि हामीले जित्ने छौ । त्यसैले हत्तोत्साहित नभएर स्वास्थ्य सावधानीका साथ अगाडी बढ्नु पर्छ, अध्यक्ष केसीले भने । लकडाउनलाई पनि अब परिमार्जन गर्दै जानुपर्छ, परिक्षणको दायरालाई बढाउनु पर्छ ।

सरकारले प्रबासी नेपाली नागरिकका समस्या पनि समाधान गर्नु पर्छ र उत्पादनका कामलाई पनि अगाडी बढाउनु पर्छ भन्ने उनको भनाइ थियोे । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय महासचिव रामबहादुर बुढा, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिलकिशाेर घिमिरे, अखिल छैठौका केन्द्रीय अध्यक्ष बिमल पोख्रेल, नेपाल कम्युनिसष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य सुरामणी बेल्बासे, उधोग वाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष हेमराज बन्जाडे, दाङ चेम्बर्सका अध्यक्ष श्रीधर महरा अखिल नेपाल जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष रामबहादुर घर्ती, मुलप्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य त्रिभुवन भट्टराई र महेन्द्र बस्याल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण केसी, जापान नेपाली एकता समाजका हेमलाल गौतम, पत्रकार गोबिन्द खड्का, ललिता पोख्रेल, प्रेम सुवेदी लगायले मन्तव्य व्यक्त गरेका थिए । राजमाे दाङ जिल्ला सचिब वसन्त पौडेलको संञ्चालनमा भएको कार्यक्रमको विषय प्रवेश जिल्ला अध्यक्ष गणेश आचारले गरेका थिए ।