दाङ देउखुरीको राप्ती प्राविधिक शिक्षालयमा १ सय वेडको आइसोलेशन निर्माण



ओमप्रकाश गुप्ता , सिसहनियाँ २३ जेठ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा विरामीको चाप बढे सँगै विरामी राख्ने ठाउँ नभएपछि राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा १ सय वेडको आइसुलेशन कक्ष स्थापना गरिएको छ । नेपाली सेनाको सुरक्षा र व्यवस्थापनमा १ सय वेडको आइसुलेशन कक्ष शुक्रबार देखि सञ्चालनमा आएको प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित चौधरीले बताएका छन् । आइसुलेशन कक्षमा राप्ती प्रादेशिक अस्पताल तलसीपुरका फिजिसियन डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मी खट्ने बताइएको छ ।

देउखुरीका ४ पालिकामा रहेका एमविविएस डाक्टर र स्वास्थ्यकर्मी परिचालित हुने राप्ती गाउँपालिकाले बताएको छ । कोरोना संक्रमित बिरामीको संख्या थपिदै जान थालेपछि आइसुलेशनमा राख्नुपर्ने बिरामी क्वारेन्टाइनमा बस्नु परेको भन्दै आइसुलेशन कक्ष स्थापना गरिएको बताइएको छ । शिक्षालयमा स्थापना गरिएको आइसुलेशनमा कोरोनाका सामान्य विरामीलाई मात्र राखिने बताइएको छ । प्रदेश सरकारले तराईका जिल्लामा २ सय वेडको आइसुलेशन बनाउने निर्णय अनुसार शिक्षालयमा १ सय वेडको आइसुलेश बनाइएको छ । जसको व्यवस्थापन, सहयोग र समन्वय स्थानीय सरकारले गर्ने छ ।

जिल्लामा १ सय ६६ वेडको आइसोलेशन तयारी अवस्थामा रहेको बताइए पनि ५० वेडको कोरोना विशेष अस्पतालमा आइसोलेसन वेड मात्रै सञ्चालनमा रहेको छ । बाँकी भनिएका आइसोलेशन वेडमा बिरामी भर्ना गरिएको छैन । कोरोना विशेष अस्पताल बेल्झुण्डीमा १ सय वेड भनिएको छ तर त्यहाँ ५० वेड मात्रै छन् । बाँकी अन्य निजी अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेसन वेडको विवरण टिपाइएको छ ।

उता कोरोना संक्रमितलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले आइलेसन वार्ड निर्माण प्रक्रिया अगाडि वढाएको छ । पहिलो चरणमा ५० वेडको आइसोलेसन वनाउने गरी उपमहानगरपालिकाले कामलाई अगाडी वढाएको हो । विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको संयोजकत्वमा समिति वनाएको छ । जसको सदस्यमा १९ नम्वर वाहिनी र उपमहानगरपालिका अन्तर्गत जनस्वास्थ्य प्रवद्र्धन शाखा रहेका छन् । उपमहानगरपालिकाले दोघरेमा रहेको सभाहल र राप्ती लाइफ केयर राजापुरमा रहेका भवनमा आइसोलेसन प्रक्रिया अगाडी वढाउने भएको छ ।

यता बंगलाचुली गाउँपालिकाले ५० बेडको आईसुलेसन तयार पार्ने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि अहिले ४० बेडको आईसुलेसन तयार पारी सकेको छ । अहिले गाउँपालिकाले वडा नं.४ को झुलिडाँडामा १५ बेडको र वडा नं. १ को प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको आईसुलेसन निर्माण गरीसकेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिए । साथै प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा १० बेड पछि थप गरिने समेत प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए । बंगलाचुली गाउँपालिकाले अहिले १४ जना कोरोना संक्रमित विरामीहरुलाई आफ्नै आईसुलेसनमा राखेर उपचार समेत थालि सकेको छ । यसभन्दा पहिले संक्रमित भएका ४ जनालाई कोरोना अस्पताल बेलझुण्डीमा राखिएको छ भने प्युठान जिल्लाका २ जनालाई माण्डवि गाउँपालिकामा हस्तान्तरण गरीएको छ । कोरोना संक्रमितलाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले आइलेसन वार्ड निर्माण प्रक्रिया अगाडि वढाएको छ । पहिलो चरणमा ५० वेडको आइसोलेसन वनाउने गरी उपमहानगरपालिकाले कामलाई अगाडी वढाएको हो ।
विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको संयोजकत्वमा समिति वनाएको छ । जसको सदस्यमा १९ नम्वर वाहिनी र उपमहानगरपालिका अन्तर्गत जनस्वास्थ्य प्रवद्र्धन शाखा रहेका छन् ।

उपमहानगरपालिकाले दोघरेमा रहेको सभाहल र राप्ती लाइफ केयर राजापुरमा रहेका भवनमा आइसोलेसन प्रक्रिया अगाडी वढाउने भएको छ । बंगलाचुली गाउँपालिकाले ५० बेडको आईसुलेसन तयार पार्ने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि अहिले ४० बेडको आईसुलेसन तयार पारी सकेको छ । अहिले गाउँपालिकाले वडा नं.४ को झुलिडाँडामा १५ बेडको र वडा नं. १ को प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा २५ बेडको आईसुलेसन निर्माण गरीसकेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिए । साथै प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा १० बेड पछि थप गरिने समेत प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए । बंगलाचुली गाउँपालिकाले अहिले १४ जना कोरोना संक्रमित विरामीहरुलाई आफ्नै आईसुलेसनमा राखेर उपचार समेत थालि सकेको छ । यसभन्दा पहिले संक्रमित भएका ४ जनालाई कोरोना अस्पताल बेलझुण्डीमा राखिएको छ भने प्युठान जिल्लाका २ जनालाई माण्डवि गाउँपालिकामा हस्तान्तरण गरीएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्