चलचित्र बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त




काठमाण्डौँ, जेठ २३
चलचित्र विकास वोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन्। तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन पछि रिक्त रहेको पदमा दाहाललाई सरकारले २ वर्षका लागि नियुक्त गरेको हो।

सूचना तथा सञ्चार मन्त्रालयमा बोर्ड अध्यक्षका लागि १० जनाले आवेदन दिएका थिए। तीमध्ये दाहाल, अभिनेता भुवन केसी र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम मन्त्रिपरिषदमा पुगेको थियो। तर आज दाहाललाई छनौट गरी नियुक्त गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्