टप फिचर

चलचित्र बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

By Thah Online

June 05, 2020

काठमाण्डौँ, जेठ २३ चलचित्र विकास वोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन्। तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन पछि रिक्त रहेको पदमा दाहाललाई सरकारले २ वर्षका लागि नियुक्त गरेको हो।

सूचना तथा सञ्चार मन्त्रालयमा बोर्ड अध्यक्षका लागि १० जनाले आवेदन दिएका थिए। तीमध्ये दाहाल, अभिनेता भुवन केसी र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम मन्त्रिपरिषदमा पुगेको थियो। तर आज दाहाललाई छनौट गरी नियुक्त गरेको छ।