प्रेम गर्नेहरू अन्तरजातीय सम्बन्धको कारण ज्यान गुमाए (न्याय कतै देखिएन)



 

कविता

न्याय कतै देखिन

अन्याय,शोषण,दमनले अड्डा जमाएको संसारमा
न्याय,सत्य,स्वतन्त्रता कतै देखेन
सयौं बालिका बलात्कृत भएका छन ।
न्याय नपाएकाहरु न्याय खोज्न हिडिरहेका छ्न।
दानबहरु न्यायलयमा बसिरहे छन
उनिहरु न्याय सुनाईरहेका छन।
तर न्याय कतै देखिन ।

प्रेम गुमाएका प्रेमिका हरु प्रेमिका गुमाएका प्रेमहरु
अन्तरजातीय सम्बन्धको कारण ज्यान गुमाए छन।
मृतक परिवार न्याय खोजिरहेका छन
दानबहरु न्यायलयमा बसिरहे छन
उनिहरु न्याय सुनाईरहेका छन।
तर न्याय कतै देखिन ।

जातीय,क्षेत्रीय,लैंगिक कारण पुजीवादीहरु
अन्याय,अत्याचार,शोषण,दमन,गरिरहेका छन।
मान्छे मान्छेमा स्वतन्त्रपुर्वक बाच्ने वातावरण छैन।
के न्याय हराएकै हो त?
न्याय कतै देखिन ।

सबै पावर र पहुँचका आधारमा काम गरिरहेछन।
पीडित ले न्याय पाएका छैनन् दोषी मुक्त भएका छन।
के साच्चै कानुन नभएकै हो त?
कानुन ले छुत दिएकै हो त?
न्याय कतै देखिन ।

जताततै शोषण,दमन,अन्याय,अत्याचार,मात्र देख्छु।
असत्य,असभ्य,असामाजिक,मात्र देख्छु।
उत्पीडित,पीडित मात्र देख्छु।
न्याया खोजिका प्यासी मात्र देख्छु।
म कतै भेटिन , न्याय कहाँ छ ? म कतै देखिन।

तथाकथित भ्रम,झुट मात्र छरिएका छन।
भ्रष्टाचार र लूट मात्र गरिरहेछन।
सत्य लाई पनि झुट साबित गरिरहेका छन।
अधिकारका आवाजहरु दबाईरहेछन।
दानबहरु न्यायलयमा बसिरहे छन।
उनिहरु न्याय सुनाईरहेका छन।
तर न्याय कतै देखिन ।

लेखक: सुशिल परियार अखिल ( क्रान्तिकारी) नवलपरासी जिल्ला संयोजक हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्