प्रेम गर्नेहरू अन्तरजातीय सम्बन्धको कारण ज्यान गुमाए (न्याय कतै देखिएन)

By Thah Online

June 06, 2020

 

कविता

न्याय कतै देखिन

अन्याय,शोषण,दमनले अड्डा जमाएको संसारमा न्याय,सत्य,स्वतन्त्रता कतै देखेन सयौं बालिका बलात्कृत भएका छन । न्याय नपाएकाहरु न्याय खोज्न हिडिरहेका छ्न। दानबहरु न्यायलयमा बसिरहे छन उनिहरु न्याय सुनाईरहेका छन। तर न्याय कतै देखिन ।

प्रेम गुमाएका प्रेमिका हरु प्रेमिका गुमाएका प्रेमहरु अन्तरजातीय सम्बन्धको कारण ज्यान गुमाए छन। मृतक परिवार न्याय खोजिरहेका छन दानबहरु न्यायलयमा बसिरहे छन उनिहरु न्याय सुनाईरहेका छन। तर न्याय कतै देखिन ।

जातीय,क्षेत्रीय,लैंगिक कारण पुजीवादीहरु अन्याय,अत्याचार,शोषण,दमन,गरिरहेका छन। मान्छे मान्छेमा स्वतन्त्रपुर्वक बाच्ने वातावरण छैन। के न्याय हराएकै हो त? न्याय कतै देखिन ।

सबै पावर र पहुँचका आधारमा काम गरिरहेछन। पीडित ले न्याय पाएका छैनन् दोषी मुक्त भएका छन। के साच्चै कानुन नभएकै हो त? कानुन ले छुत दिएकै हो त? न्याय कतै देखिन ।

जताततै शोषण,दमन,अन्याय,अत्याचार,मात्र देख्छु। असत्य,असभ्य,असामाजिक,मात्र देख्छु। उत्पीडित,पीडित मात्र देख्छु। न्याया खोजिका प्यासी मात्र देख्छु। म कतै भेटिन , न्याय कहाँ छ ? म कतै देखिन।

तथाकथित भ्रम,झुट मात्र छरिएका छन। भ्रष्टाचार र लूट मात्र गरिरहेछन। सत्य लाई पनि झुट साबित गरिरहेका छन। अधिकारका आवाजहरु दबाईरहेछन। दानबहरु न्यायलयमा बसिरहे छन। उनिहरु न्याय सुनाईरहेका छन। तर न्याय कतै देखिन ।

लेखक: सुशिल परियार अखिल ( क्रान्तिकारी) नवलपरासी जिल्ला संयोजक हुन् ।