लमहीका एक युवकमा कोरोना देखियो,दाङमा संक्रमितको संख्या ७२ पुग्यो



ओमप्रकाश गुप्ता , सिसहनियाँ २३ जेठ । दाङमा शुक्रवार थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा लमही नगरपालिका वडा नम्बर ८ का २२ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएका युवक नेत्रलाल स्मिृति प्रतिष्ठान क्वारेन्टिन लमहीमा बस्दै आएको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज शर्माले जानकारीदिएका छन् । यससंगै दाङमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्