दुर्घटना

माैरीघाटमा टिप्परको ठक्करबाट महिला घाइते

By Thah Online

June 05, 2020

ओमप्रकाश गुप्ता , सिसहनियाँ २३ जेठ टिप्परको ठक्करबाट दाङको देउखुरीमा एक महिला घाइते भएकी छिन् । लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ४ माैरीघाटमा शुक्रबार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गइरहेको बा ८ ख ३७०२ नम्बरको टिप्परले पैदल हिडिरहेकी राप्ती गाउँपालिका ४ माैरीघाट निवासी ४० वर्षिय देउकुमारी चाैधरीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

टिप्परको ठक्करबाट महिलाको छाती र खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइते महिलाको लमहीमा उपचार भइरहेको छ । भने ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले अाफ्नो नियन्त्रणमा लिएको छ ।