क्वारेन्टाइनमा प्लास्टिकको चामल भेटियो भन्ने भ्रामक समाचार प्रति गढवा गापाको ध्यानाकर्षण



ओमप्रकाश गुप्ता ,सिसहनियाँ २३ जेठ । दाङको गढवा स्थित जनता माबीको क्वारेण्टाइनमा प्लास्टिकको चामल भेटियो भन्ने भ्रामक समाचार प्रति गढवा गाउँपालिकाले अाफ्नो ध्यानाकर्षण भएको बताएको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल र युटुवमा गरिएको प्रचारको पछि नलागि सत्यतथ्य कुरा बुझेर मात्र सुचना प्रवाह गर्न गाउँपालिकाले सञ्चारकर्मीहरूलाई अाग्रह गरेको छ ।

गाउँपालिकाले उक्त चामल नेपाल खाद्य संस्थानले प्रमाणीकरण गरेर प्याकिङ गरेको जापानीज चामल भएको बताएको छ । प्रचारबाजी बाहिर आएपछी नागरिक समाज,प्रहरी प्रशासन र पत्रकार लागयतको टोलीले स्थलगत अध्ययन गर्दा सरकारको आधिकारिक निकाय खाद्य संस्थानले प्याकिङ गरेको पाइएको छ । यी चामल यस अघि पनि पहिलो लटमा राहात वितरण गरिएको र कतैबाट गुनासो  नअाएको गाउँपालिकाले जनाएको छ ।

चिसो भएपछी डल्लो पर्ने यो चामलको बिशेषता भएकोले यस्तो देखिएको हो । सोही क्वारेन्टाइनमा यस अघि बस्दै आएका धेरैले सोही चामल खादै आएको र त्यस्तो समस्या बिगतमा नदेखिएको बताएको छ । यसर्थ सामाजिक सन्जालमा यस्ता तथ्यहिन कुराहरु पोस्ट नगर्न अाम नागरिक,सञ्चारकर्मीलाई अाग्रह गर्नुका साथै जो कोही पनि भ्रममा नपर्न सबैमा गाउँपालिकाले अाग्रह गरेको छ  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्