वातावरण दिवसका अवसरमा अजम्वरी सामुदायिक वनमा वृक्षारोपण



ओमप्रकाश गुप्ता , सिसहनियाँ २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय देउखुरीले एक सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरेर दिवस मनाएको छ । लमही नगरपालिका वडा नम्बर ५ को अजम्मरी सामुदायिक वन क्षेत्रमा धुपी, अमला, कलकी, राजवृक्ष र कपुर जातका बिरुवा रोपिएको हो ।

सुरक्षित जिवनका लागि जैविक विविधता भन्ने मुख्य नारा लेखिएको ब्यानर सहित डिभिजन वन कार्यालय र अजम्मरी सामुदायिक वनको संयुक्त पहलमा वन क्षेत्रमा बन्दै गरेको पार्क भित्र विभिन्न जातका विरुवा रोपिएको छ ।

पछिल्लो समय प्राकृतिक सम्पदाको दोहनका कारण वातावरण नै जोखिममा परेको भन्दै यो तत्काल नरोके विश्व नै भयावह अवस्थामा पुग्ने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रविण विडारीले भने । अहिले विश्व नै कोरोना भाइरसका कारण आतंकित भएको हुँदा महत्वपूर्ण कार्यक्रमलाई थोरै संख्यामा सिमित राख्नु परेको बताउदै डिभिजनल वन प्रमुख बिडारीले देशको अवस्था बिस्तारै सुधार हुदै गयो भने वन वातावरण र संरक्षणका बारेमा आम उपभोक्तालाई बुझाउने गरि कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको बताएका छन् । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्