खप्तड छान्ना गाउँपालीकामा ६ जनामा काेरना सक्रमण पुष्टि



उत्तम कुमार थापा

बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लाभित्र संक्रमितको संख्या ७ पुगेको छ ।

त्यस्तै, बझाङका १ जनाको सुर्खेतमा उपचार भइरहेको छ । शुक्रबार कोरोना पुष्टि हुनेमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र २ जना ४० वर्षिया महिला रहेका छन् ।

उनीहरूमध्ये ५ जना भारतको दिल्लीबाट १ हप्ता अगाडि आएको र १ जना २५ वर्षीय पुरुष २ हप्ता अघि काठमाडौंबाट बझाङ भित्रिएको जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. मिलन खड्काले बताए ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्