नेकपा महराजगंज अध्यक्ष जयसवालद्धारा स्वास्थ्य समाग्री वितरण



कपिलवस्तु । २३ जेठ
कपिलवस्तुको महराजगंज नगरपालिकाको नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष विजय जयसवालले नगरपालिका भित्रका विभिन्न क्वारेन्टाईनमा रहेका १० जना स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट वितरण गरेका छन ।

नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई सुरक्षा समाग्री नदिए पछि आफुले दिएको जयसवालले बताएका छन । महराजगंज नगरपालिकामा यस्तो विपद्को समयमा पनि पार्टी र गुटको स्वास्थ्यकर्मी हेरिरहेकोले १० जना स्वास्थ्यकर्मी जो अग्रपंक्तिमा काम गरिरहेका छन उनीहरुलाई पिपिई सेट दिएको बताएका छन । त्यस्तै नगरपालिकाको विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई मस्क, सेनिटाईजर, मच्छारधुप, साबुन र चाउचाउ वितरण गरेका छन ।

नगरपालिकाको भलवारी, बलरामवापुर, बराईपुर, उदयपुर, कजरहवा र महराजगंजको विभिन्न क्वारेन्टाईमा समाग्री उपल्ब्ध गराएको जयसवालले बताएका छन । अगामी दिनहरुमा पनि स्वास्थ्यकर्मी तथा क्वारेन्टाईनमा यस्तै सहयोग गर्ने बताएका छन । नगरपालिका निरिही रहेको अवस्थामा विभिन्न कार्य आफुहरुले गरिरहेको बताएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्