कोभीड १९ महामारी प्रकोप र स्थानीय सरकारलाइ सहयोग



तौलिहवा, कपिलवस्तु । विश्वभर फैलिएको माहामारी प्रकोप कोभिड १९ को प्रत्यक्ष प्रभाव कपिलवस्तु जिल्लालाइ परेको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको प्रकाशित तथ्यांक अनुसार जिल्लाको दशवटै स्थानिय तह अनि साठ्ठी भन्दा बढि वडाहरुमा झण्डै तिन सय पन्चानव्वे भन्दा बढिमा कोभीड १९ को संक्रमण देखा परीसकेको छ । जिल्ला भरीका दुई सय भन्दा बढि क्वारेन्टाईन स्थलमा बाह्य मूलूक मूलतः भारतबाट आएकाहरुको व्यवस्थापन गर्दै स्वास्थ्य जांच पश्चात घर फर्काइने गरेको छ र अझै संक्रमणको गति बढीरहेको मूलूक भारतबाट जिल्लाको खुला सिमाना हुंदै आउने क्रम निरन्तर छ ।

यो नयां मानव जातिकै चूनौतिको रुपमा रहेको माहामारी प्रकोप जन्य रोगले जिल्लाामा सवैमा जोखीम बढि रहेको र धेरै पैmलिसकेको हुनाले सवैमा यस प्रतिको भय, डर त्रासदी भईरहेको समयमा सवैमा यसवारे जनचेतना जगाउनु जरुरी छ । मूलतः बर्तमान लकडाउनको समयमा धेरैजना एकै स्थानमा जम्मा गरेरनी जागरण अभियान गर्न नमिल्ने र जोखीमका कारण सचेतानकरण तालिम, गोष्ठि पनी गर्न सम्भव नभईरहेको शन्दर्भमा जिल्लामा कार्यरत स्वास्थ्य र पोषणको क्षेत्रमा विगत वर्षहरुदेखीने कार्यरत अमेरीकी सहयोग नियोगको आर्थिक सहयोगमा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमको स्थानिय साझेदार गैर सरकारी संस्था कालिका स्वावलम्बन सामाजकि केन्द्र तौलिहवाले आफना स्थानिय स्तरका करीव उनान्चास जना फिल्ड सुपरभाईजर र सामुदायीक पोषण सहजकर्ताहरु मार्फत घरबाटै सुरक्षीत रही जिल्ला भरीका साठठी हजार भन्दा बढी घरधुरीहरुको प्रोफाईल मोवाईल कमकेयर सफ्टवयर प्रणालिमा अध्यावधिक गरीएको फोन नम्वरको आधारमा टेलिफोन मार्फत परामर्श गर्ने गरीएको कुरा संस्थाका कार्यकार िनिर्देशक अर्जुन थापाले वताउनुभएको छ ।

सुआहारा दोस्रो कार्यक्रम केन्द्रीय कार्यालय र स्वास्थ्य सेवा विभाग परीवार स्वास्थ्य माहाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्र को समन्वयमा तयार गरीएको फिल्ड कर्मचारीहरुका लागि घरभेट तथा फोन मार्फत कोरोना भाईरस रोग (कोभिड १९) सम्बन्धि परामर्श गर्न सहयोगी पुस्तिका अनुसार गर्ने गरीएको जानकारी कालिकाका फिल्ड संयोजक कृष्ण राज शर्माले वताउनु भएको छ । सवैले आआफ्नो कार्य क्षेत्र अन्गर्तगतका घर धुरीमा दैनिक सरदर १० घरधुरीलाई फोन बाट परामशृ गर्ने गरेको, परामर्शको क्रममा कोभिड १९ रोग सम्बन्धि, गर्भवति, सुत्केर्री र सोको घर परीवारलाई, स्तनपान गराईरहेको र स्तनपान संंगै थप खाना खुवाईरहेका आमा तथा सोका परीवारलाई, विदेशबाट आएका परविारलाई गलिडरा (न्ब्ीक्ष्म्च्ब्) बिधि वाट परामर्श गर्ने गरेको साथ साथै खानेपानि तथा सरसफाई, घरायशी खाद्यन्न उत्पादन, लैंगीक समानता तथा सामाजकि समावेशीकरण र मनो सामाजकि समस्या सम्बन्धि परामशृ समेत दिने गरेको कुरा कपिलवस्तु नगरपालिका अन्तर्गत कार्यरत फिल्ड सुपरभाईजर दिव्या कार्किले सुनाउनु भयो । टेलिफोनबाट कोभिड रोग र त्यसवाट जोगीन अपनाउनुपर्ने उपायहरु, आमा तथा वच्चाको स्याहार संस्थागत सुत्केरी एबं सरसफाइको विषयमा परामर्श पायर यस सम्बन्धमा परीवार अनि समुदायमा फाइृदा पुगेको कुरा शिवराज नपा वडा नं. १ भलुही वस्ने नारायणी खड्का कृष्णनगर नगरापालिका वडा नम्वर ३ चैपुरवा वासीन्दा गर्भवती महिला मान्ती कोहारले वताउनु भयो ।

२६ चैत्र २०७७ देखी शुरु गरेको टेलिफोन घरधुरी परामर्श हाल सम्म जिल्ला भरी सोह् हजार नौ सय सन्तानब्बे घरधुरीहरुलाई गरीसकेकोमा जसमध्ये सत्र सय छ घरधुरी गर्भवति भएका महिला र परीवारहरु अनि छ हजार सात सय बहत्तर जना दुई बर्षमुनीका वालवालीका भएका आमा तथा घरपरीवारहरु लाभान्वित भएका, साथै सोहीमध्येका दुइ सय चौध जना भारतबाट आएका व्यक्तीहरुलाई विदेशबाट आएपछी ध्यान दिनुपर्ने विषयमा र छैसठ्ठी जना ज्योरो आएका व्यक्तीहरुलाई नजिकको स्वास्थ्य संस्थामा गइ उपचार सेवा लिन रीफर गरी सेवामा पहुंच बढेकोे, स्थानीय छ वटा एफएमहरुबाट साप्ताहिकरुपमा प्रत्येक आइृतबार विहानी ७ देखी ८ वजे भन्छीन आमा कार्यक्रम मार्फत पोषण र कोभिड वारे सचेतनामूलक कार्यक्रम नेपाली र अवधी भाषामा प्रशाराण गर्ने गरेको, देनीक पोषण, प्रजनन स्वास्थ्य र सरसफाइ र कोभिडको सचेतनामूलक जिंगलहरु सोही रेडीयोहरुवाट दैनीक महत्वपूर्ण समयमा प्रशाराण गरी समुदाय प्रति जिम्मेवार वन्न प्रयाश गरेको जानकारी संस्थाका कार्यकारी निर्देशक थापाले गराउनु भएको छ ।

सवै लकडाउन गरीएको समय, भय त्रास छायको समयमा आफुपनी सुरक्षीत रही समुदायलाई नया ंप्रविधि अपनाई टेलीफोन परामर्श गर्ने र मोवाईल एसएमएस पठाइ कोभिडबाट सुरक्षीत रहन रं १००० दिन अवधिका को स्वास्थ्य, पोषण वारेर्मा सहयोग जागरण जगाउनुको साथै यस वारेमा साप्ताहकि रुपमा स्थानीय तहको स्वास्थ्य शाखामा प्रगति विवरण उपलब्ध गराउने गरेर राम्रो सहयोग पुरयाएको कुरा कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले वताउनु भएको छ । यो संकट व्यवस्थापन र पार लगाउन सवै क्षेत्रको सहकार्य र भूमकिा अपरीहार्य आजको आवश्यकता भएको शन्दर्भमा सवैको हातेमालो सरकार संग जरुरी रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्