रुकुम घटनामा ज्यान गुमाउनेको सम्झनामा बेलायतमा शोक र श्रद्धाञ्जली



 

थाहा अनलाइन ,काठमाडौ गत जेष्ठ १० गते शनिबार जाजरकोट भेरी नगरपालिका ४का नबराज बिक , रुकुम चौरजहारीकी सुस्मा मल्लसंगको प्रेम पछी बिवाहा गर्न भनी १८ जना साथी सहित सुस्मालाई लिन गएका थिए तर घर पुग्नु नपाउदै गाउले र सुस्माको परिवारले नबराज बिकलाई हत्या गरि भेरी नदिमा फालेका थिए उनी सहित अरु पाँच जना साथीहरुलाई पनि हत्या गरि नदिमा फालेको थिए । भेरी नदिमा बीभत्स हत्या गरि फालिएका टिकाराम सुनार, लोकेन्द्र सुनार , सन्दिप बिक , गणेश बुढा, गोबिन्द शाहीको छुट्टाछुट्टै नदिमा शब भेटिएको थियोे ।

 

अन्तरजातीय प्रेम कै कारण मारिएका नबराज बिक र उनका साथीहरुको हत्यारालाई कारवाहीको माग गर्दै यतिबेला आन्दोलन चर्केको छ । शोक र आशुमा डुबेको रुकुम जाजरकोटको यो घटनाले एकपटक नेपाली समाजको यस्ता अन्धबिस्वास जातप्रथाको उदाङ्गो रुपको सबैले भर्सना समेत गरेका छन् । हत्या भएको आज १३ औं दिनमा नेपालमा विभिन्न संघ संस्था र ब्यक्तीले शोक , श्रद्धाञ्जली गर्दै मृतकहरुको आत्मको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका छन् ।

यस्तैमा बेलायतबाट शिर्जनशिल नेपाली आमा समुहको अध्यक्ष जानकी सुनार सहित केही नेपाली दाजुभाइ , दिदिबहिनीहरुले नबराज बिक सहित उनि सगैं हत्या गरिएका ५ जना साथीहरुको सम्झनामा एक मिनेट मौनधारण सगैं श्रद्धाञ्जली दिएका छन् । सामुहिक श्रद्धाञ्जली र दिप प्रज्वलन गर्दै अध्यक्ष जानकी सुनारले प्रेम गर्दा जात कै नाममा कोही आमाहरुको कोख रित्तो नहोस् आज नबराजहरुका आमा मात्र होइन लाखौं आमा रोएका छन् भन्दै एउटी आमाको काख रित्तो बनाउनी यस्ता अपराधीलाई कडा कारवाही मागे समेत गरेकी छिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्